७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

सेबा प्रदायक संस्थालाई महिला प्रति जिम्मेबार बनाउन आईपास नेपाल लगायतका संस्थाद्धारा सरकारी संस्थामा अनुगमन

Workplace

२० जेष्ठ, अनिल नेपाली अर्घाखाँची । राज्यले नितिगत सुधार गरेता पनि व्यबहारमा लागु गर्न नसक्दा महिलाहरुको क्षमता विकास सशक्तिकरणमा केही जटिलता देखा परेको अन्तरपार्टी महिला सञ्जाल केन्दिय उपाध्यक्ष तथा प्रतिनिधि सभा सभासद कमला रोकाले बताउनुभएको छ । आईपास नेपाल , समाजसेवा तथा बाताबरण र सँस्कृति सरक्षण समुह अघाखाँची अन्तर पार्टी महिला सञ्जालको सयुक्त आयोजनामा जिल्लाको भुमिकास्थान नगरपालिका धारापानी स्वास्थ्य चौकीको आज अनुगमन गदै सभासद रोकाले यस्तो बताउनुभएको हो । अनुगमन कार्यक्रममा मन्तव्य राख्दै प्रतिनिधि सभा सदस्य कमला रोकाले सबिधानले महिलालाई आर्थिंक सामाजिक शैक्षिक स्वास्थ्य को अधिकार पुणर् रुपमा प्रदान गरेतापनि समाजमा रहेको केही अबशेषले पुणर् अधिकार प्रदान हुन नसकेको बताउदै महिलाको क्षमता विकासको लागि सबै लाग्नुपर्ने बताउदै स्थानीय स्तरमा रहेका समस्यालाई न्युनिकरण गर्नको लागि सबै एक भएर लाग्नुको विकल्प नरहेको आफु महिलालाई अधिकार प्रदान गर्न महिलामैत्री बजेट ल्याउनका निरन्तर रुपमा ससदमा आफुहरु लागि परेकोले महिलाको उत्थानको लागि राज्यका कार्यांपालिका न्यायपालिका व्यबस्थापिका मा सविधानले निदिष्ट गरेअनुसार अर्थपुणर् सहभागिता लागि जोडदार माग गरेको बताउनुभएको छ । सभासद रोकाले सविधानले महिलालाई सुरक्षित गर्भपतन सुरक्षित मातृत्वको पुणर् अधिकार प्रदान गरेकोले केही अज्ञानता अशिक्षिताका कारणले समस्या देखा परेकोले यसको न्युनिकरण गर्नको लागि सबैले सहचेतनाका तालिम चलाउनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा अन्तरपार्टी महिला सञ्चाल केन्द्रिय महासचिव तथा पुर्ब सभासद ममता गिरिले महिलाको नितिगत सुढीकरण अधिकार सम्पन्न गराउनको लागि अन्तर पाटि महिला सञ्जालले खबरदारी गरिरहेको बताउदै महिलालाई अधिकार सम्पन्न गराउन सुरक्षित मातृत्वको प्रत्याभुमि गराउन को लागि निरन्तर रुपमा लागि पर्ने बताइन् ।

कार्यक्रममा आईपास नेपाल निति निर्माण सल्लाहकार माधबी ब्रर्यचायर्ले महिलालाई सविधानले निदिष्ट गरे अनुसार अधिकारको प्रत्याभुति गराउनको लागि स्थानीय सरकारले विशेष सहजीकरण गरेर महिलालाई अधिकारको प्रत्याभुति गराउनको लागि विशेष भुमिका खेल्नुपर्ने बताउदै पालिका ले बजेट निर्माण गर्दा सुरक्षित गर्भपतन सम्वन्धी तालिम, सुरक्षित गर्भपतनमा प्रयोग हुने सुचिकृत औषधी खरिद , सुरक्षित गर्भपतन सम्वन्धी जनचेतना कार्यत्रलम , सुरक्षित गर्भपतन सेवा विस्तार तथा गुणस्तरका लागि अभिभुखीकरण कार्यक्रम , सुरक्षित गर्भपतन सम्वन्धी रेडियो कार्यक्रम नछुटाउनका लागि जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उप प्रमुख प्रमुख प्रशासकीय लाई भेटी अनुरोध समेत गनुभएको छ ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले महिलाका समस्या प्रति आफु जिम्मेबार रहेको आफनो नगरभित्र रहेका समस्याको एकिन गरी ठोस निष्कर्षका साथ लाग्ने बताउनुभएको छ ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले महिलाका समस्या प्रति आफु आफनो नगरपालिका जिम्मेबार रहेको नगरपालिका भित्र केही समस्या देखा परेता पनि निति बनाएर छिटो सहज रुपमा हल गरिने बताउनुभएको छ ।

कार्यक्रममा स्वास्थ्य शाखा शिक्षा शाखा महिला बालबालिका शाखा प्रमुख अन्तर पार्टी महिला सञ्जाल जिल्ला सचिब दिपा आचार्य सदस्य शुशिला गैरे आईपास नेपाल लुम्विनी प्रदेश संयोजक जीवन देबकोटा ,स्वास्थ्य चौकी प्रमुख राम बहादुर केसी संस्थाकी कार्यकारी निर्देशक लक्ष्मी पौडेल, पत्रकार अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो । अनुगमनमा स्वास्थ्य चौकी जनताको प्रत्यक्ष रुपमा सरोकार राख्ने र जिम्मेबार संस्था भएको यसको विभिन्न निकायबाट गरिने अनुगमनले आफुलाई जिम्मेबार बनाउन मदत गर्ने भएकोले सरोकारबाला संस्था तथा गैरसरकारी संस्थाबाट अनुगमन गनुपर्ने धारापानी स्वास्थ्य चौकी प्रमुख राम बहादुर केसीले बताउनुभएको छ ।

अनुगमन जिल्लाका विभिन्न स्थानीय तहमा विगत केही दिन अगाडि देखि गरिएको थियो अनुगमनका क्रममा देखिका समस्यालाई आफुहरुले जिम्मेबारी पुर्बक सरकारमा लगेर पहल गर्ने सभासद रोकाको भनाई रहेको छ । महिलाको सशक्तीकरण र उत्थानको लागि सस्थाले सञ्चालन गरेको सुरक्षित मातृत्व प्रजनन स्वास्थ्यको कार्यक्रमले आफुलाई निकै धेरै फाइदा भएको बताउदै यस्ता कार्यक्रम जनताको बिचमा ल्याउदा आफुहरु लाभान्वित हुने सितगंगा नगरपालिका की स्थानीय स्वयमसेविका चन्द्रकला न्यौपाने स्थानीय समाजसेवी मिना पौडेल लगायतले बताए संस्थाले विगत लामो समयदेखि अर्घाखाँची जिल्ला लगायतका जिल्लामा सुरक्षित मातृत्व सुरक्षित गर्भपतन , महिलाहरुको नितिगत सशक्तिकरणको लागि लामो समयदेखि कार्यक्रम गदै आएको छ संस्थाले गरेको कार्यक्रमले जनता र प्रत्यक्ष सेवाग्राहीलाई समेत फाईदा पुगेको आफुले जुनसुकै अबस्थामा सहज सेबा उपलब्ध गराएको अनमी कबिता शाहको भनाई रहेको छ । यस्तै संस्थाले सेबा प्रदायक निकायलाई जिम्मेबार र मजबुत बनाउनको लागि यस्ता कार्यक्रम जनताको बिचमा लगिएको संस्थाका पुर्ब अध्यक्ष बाबुराम पौडेलको भनाई रहेको छ । सघीयता पछि अधिकार जनताका घर दैलोमा आएकोले जनतालाई अधिकारको महशुस गराउने गरि आफु लागिपर्ने आफुहरुले स्वास्थ्य शिक्षालाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने भुमिकास्थान नगरपालिका वडा न ४ का अध्यक्ष बाबुराम पन्थी सुनारको बताए । अनुगमन टोली आज नै जिल्लाको जिल्ला अस्पताल जिल्ला प्रहरी कार्यालय जिल्ला प्रशासन कार्यालयमा पुगि महिलाको हक अधिकारको बारेमा भईरहेका गतिविधि बारेमा समेत ध्यानकार्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै