नागरिता सच्याएर वृद्ध भत्ता लिने शितगंगाका एक व्यक्ति पक्राउ

Workplace

अर्घाखाँची । नागरिकता सच्याएर वृद्ध भत्ता लिने शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शितगंगा १३ सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो ।

भाटले नागरिकतामा भएको जन्म मिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ । भाटको मतादाता परिचय पत्रमा २०१६।८।२४ गते नै रहेको भेटिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै