ललितपुर महानगरको मेयरमा चिरीबाबु महर्जन विजयी

Workplace

काठमाण्डाै । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गर्नु भएको हो ।

ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याउनुभयो भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउनुभयो । यस अघि २०७४ सालको पालिका चुनावमा पनि महर्जनले व्यञ्जनकारलाई पराजित गर्नु भएको थियो । त्यतिबेला महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराउनु भएको थियो ।

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनु भएको छ । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै