पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी

Workplace

कास्की । पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुनुभएकाे छ । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित हुनुभएकाे हाे ।

आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाउनुभयाे । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी हुनुभएकाे छ । उहाँ ६० हजार ५ सय ४६ मत प्राप्त गर्नुभयाे । उहाँकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयाे । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढी प्राप्त गर्नुभयाे । राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाउनुभयाे ।

यस्तै, मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गर्नुभयाे भने स्वतन्त्र लौरो चिन्हका उमेद्वार खडकराज पौडेल गनेशले ३ हजार ३० मत प्राप्त गर्नुभयाे । पोखराका ३३ वटा वडामा नेपाली कांग्रेसले २३ वटा, नेकपा एमालेले ९ वटा र एक जना स्वत्रन्त्र उम्मेदवारले वडा अध्यक्षमा विजयी भएका छन् ।

मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएपछि एमालेका उम्मेदवार कृष्ण थापाले आचार्यलाई माला लगाइदिएर शुभकामना दिनुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै