भरतपुरको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी

Workplace

काठमाण्डाै । भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो ।

दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गर्नुभएको हो ।

दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गर्नुभयो । दाहाल २०७४ सालको पालिका चुनावमा समेत कांग्रेसको सहयोगमा महानगर मेयरमा निर्वाचित हुनुभएको थियो ।

यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतान्तरले पराजित गर्नुभएको छ । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै