
अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानीमा नेकपा (एमाले) विजयी भएको छ । सत्ता गठबन्धनलाई हराउँदै गाउँपालिका अध्यक्षमा दल बहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल विजयी भएका हुन् ।
भट्टराईले ८ हजार २ सय ८३ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका उम्मेदवार पदम क्षेत्रीले ६ हजार ७ सय २६ मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा पोखरेल ८ हजार १ सय ५५ मतले विजयी हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनालले ६ हजार ६ सय ५७ मत प्राप्त गरे ।
त्यस्तै, एमाले मालारानीका नौ वडामध्ये सात वडामा विजयी हुँदा दुई वडामा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्र निर्वाचित भएको छ ।
मालारानीका ९ वडामध्ये वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा एमाले विजयी भएको छ भने वडा नं २ र ९ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।