मालारानीमा माओवादीका पदम क्षेत्रीको अग्रता कायमै

Workplace

सन्धिखर्क। अर्घाखाँचीको मालारानी गाउँपालिकामा गठबन्धबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) नेता पदम क्षेत्री अग्रता कायम गरेका छन्। हाल ९ वटा वडामध्ये ६ वटाको मतगणना सकिँदा उनले अग्रता कायम गरेका हुन्।

Workplace

६ वटा वडाको मत परिणाम आउँदा माओवादीका पदम क्षेत्रीको ३ हजार ६८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का दलबहादुर भट्टराईले २ हजार ९ सय ४९ मत प्राप्त गरेका छन्।

६ वटा वडामध्ये ४ वटामा एमालेले विजय हासिल गरेको छ। भने, २ वटामा माओवादीका उम्मेदवार विजयी भएका छन्। वडामा एमालेले अग्रता कायम गर्दा माओवादीका क्षेत्रीले बढी मत प्राप्त गरेका छन्। यसरी यसअघि एमालेले जितेको यस गाउँपालिकामा माओवादीले जित्ने सम्भावना बढी देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै