जनताको सेवामा निस्वार्थ लाग्नेछु: उम्मेदवार आचार्य

Workplace

बाबुराम रसाईली अर्घाखाँची । मालारानी ५ का वडा अध्यक्ष पदका गठबन्धनका साझा उम्मेदवार विष्णु प्रसाद आचार्यले आफु जनताको सेवामा निस्वार्थ लाग्ने बताएका छन् । बाँगी बासीले सेवा चाहेको बताउदै २४ घण्टामा १८ घण्टा निस्वार्थ रुपमा जनताकाे सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गरे । मालारानी ५ को घरदैलो अभियान तथा कोण सभामा उनले यस्तो बताएका हुन् ।

विशेष कुराकानीमा बाेल्दै उनले आफू बिगत २० वर्षदेखि नेकपा माओवादीमै रहेर सच्चा कार्यकर्ताका साथै मालारानी गाउपालिका ५ नं. वडाकाे पार्टी सहसचिव पदमा रहि इमानदारीतापुर्वक काम गर्दै आईरहेकाे र जस्ताे सुकै अवस्थामा पनि प्रत्यक्ष रुपमा जनतामाझ कुशलतापुर्वक काम गर्दै आएकाेले आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मलाई पार्टीले नै ५ नं. वडा अध्यक्ष पदकाे टिकट दिए संगै आगामी ५ वर्षका लागि जनतामाझ निस्वार्थ भावनाका साथ काम गर्ने हाैसला मिलेकाे छ । जनताले झुटाे आश्वासन र जालझेलकाे राजनिति नभएर निस्वार्थ रुपमा जनमतकाे कदर गर्दै जनताकाे सेवामा काम गर्ने व्यक्ति पाउँदा मालारानी ५ का सम्पूर्ण जनसमुदायहरु हर्सित भएकाे साथै आफू लगायत सम्पुर्ण प्यानललाई जितकाे अग्रिम शुभकामना समेत दिएकाे उनकाे भनाई छ ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी नेतृत्वमा चुनावी मैदान आएका आचार्य आफुले जित्ने निश्चित भएकाे दावी गरेका छन् । उनी आफू जनताको दुख सुखसंग भिजेको, वडाका सबै घरधुरीसम्म पुगेकाे, वडावासीका समस्यारुसंग जानकारी रहेकोले वार्डबासिले आफुलाइ सेवा गर्ने अवसर दिनेमा विस्वस्त रहेको बताएका छन् ।

कुराकानिकै क्रममा ५ नं. वडाका मतदाताहरुलाइ कुनै भ्रम र क्षणिक प्रलोभनमा नपर्न उनले अनुरोध गरेका छन् । आफू निर्वाचित भएपछि कुनै भ्रष्टाचार गर्न आवश्यक नरहेको विकास र उत्पादन क्षेत्रमा विनासर्त काम गर्ने दावी गर्दै उनले आफुलाइ दैनिकी चलाउन आफ्नै ब्यबसाय भएकोले जनताको पसिनाको रकममा कुनै लाेभलालच नलगाउने र पारदर्शी रुपमा काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (20%)
  • दुःखी (20%)
  • अचम्मित (60%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै