१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

समाजले खोजेको र जनताले रोजेको काम गरे मात्र समाजको नेतृत्व गर्न सकिन्छः उम्मेदवार केसि

Workplace

शुसील विश्वकर्मा गुल्मी । यहि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि वडा अध्यक्षको रुपमा उम्मेदवार बनेका गुल्मीका ओम बहादुर केसिले समाजले खोजेको र जनताले रोजेको काम गरे मात्र समाजको नेतृत्व गर्न सकिने बताएका छ्न १

निर्माण व्यावसायिमा स्वच्छ छवि बनाउदै विभिन्न योजनाहरुको कामको अनुभव भएका केसिले समाजका लागि निरन्तर काम गर्दै आएका छ्न । गाउँ पन्चायतको चुनावमा उप(प्रधान समेत बनेका केसि बहुदलीय व्यावस्थाको आगमन पछि वडा अध्यक्षको रुपमा रहेर काम गरेका थिए । केसिले खानेपानी,मोटरबाटो लगायतका विभिन्न सामाजिक कार्य समितीको अध्यक्षको रुपमा रहेर काम समेत गरेका छ्न ।
साना बालबालिका देखि ठुला युवा तथा बुढापाकाहरु सङग सजिलै भिज्न सक्ने केसि उम्मेदवार बने सङगै अहिले टोलटोलमा घरदैलो कार्यक्रममा तिब्रताका साथ लागेका छन ।

स्थानीय निर्वाचन सम्पन्न भए पस्चात जिल्लाको मदाने गाउपालीका वडा न। ७ मा त्यहाको मौलिकता ,जनताको आवस्यकता र जनसमुदायकै सहभागीतामा आवस्यक योजना निर्माण गर्ने उनको प्रतिबद्धता छ । यस्तै समग्र योजनाहरु अगाडि बढाउदै निरन्तर जनताको सेवामा समर्पित हुने र सुशासन युक्त र भ्रष्टाचार मुक्त वडा बनाउने पहिलो प्राथमिकता रहेको केसिको भनाई छ ।

जिल्लाको मदाने गाउपालिका वडा न। ७ वडा अध्यक्ष पदको लागि निर्माण व्यावसायि ओम बहादुर केसिलाई नेकपा एमालेले उमेदवारीको रुपमा सर्वसम्मत चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (60%)
  • दुःखी (13%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (7%)
  • आक्रोशित (20%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै