अर्घाखाँचीमा खोलाले बगाएर बालिकाको ज्यान गयाे

Workplace

प्रेमनारायण आचार्य अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा गएराति आएको बाढीले बगाएर एक बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया बालिका शिवानी घर्तीको ज्यान गएको हो ।

प्युठान मल्लरानी गाउँपालिका २ की शिवानी आफ्नी दिदीकाे घर ढाकाबांग आउने क्रममा खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले बताउनुभयाे । खोजी गर्दै जाँदा आज बिहान मृत अवस्थामा शव फेला परेको प्रनाउ थापाको भनाइ छ । उहाँका अनुसार अहिले शवलाई पोष्टमार्टमका लागि प्युठान अस्पतालमा पठाइएको छ ।

यस्तै बाढीले ५ घरमा क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै