गठबन्धनबाट मालारानी ६ काे वडा अध्यक्ष पदका उम्मेदवार उदय पुन काे हुन् ?

Workplace

बुवा खगे पुन मगर र आमा फुलमती पुन मगरको कोखबाट मिति २०२८/०८/१० गते मालारानी गाउपालिका वडा नम्बर ६ काफलठुट्टा टोलमा जन्मेका उदय बहादुर पुन मगर ,घरका ३ भाई मध्ये कान्छा छोरा हुन् । सानै देखि सामाजिक चरित्र बोकेका पुन मगर समाजको लाहुरे परिवेशमा हुर्केका हुन । स्कुल अध्ययनमा उत्कृष्ट विद्यार्थी पुनमा स्कुल पढ्दा देखिनै नेतृत्व (लिडरसिप) गर्न सक्ने चरित्र थियो । निडर,आट र साहसिक चरित्र बोकेको पुनलाई लाहुरे परिवेशमै हुर्केका र घरका दुबै दाजुहरु लाहुरे भएका कारण स्कुल अध्ययनकै क्रममा पुन मगर पनि लाहुरे बाट अछुतो हुन सकेनन र अध्ययनलाई बिचमै थाती राखी उनी ईन्डियन आर्मीमा भर्ती भै १७ बर्ष सेवा गरि २०६१ सालमा सेवा निर्वित रहेका पुन २०६२ र २०६३ सालको जनाअन्दोलन पछि माओवादीको सिद्धान्त र एजेन्डाले पुनलाई प्रभाव पारेयो र माओवादीको कार्यकर्ताको रुपमा विशेष गरि साबिक हंसपुर छेत्रमा संगठन निर्माणमा डटेर लागि परे । खास गरि साबिक हंसपुर छेत्र र हालको ६ नम्बर वडामा संगठनलाई मजबुत र बलियो बनाउन पुनको ठूलो योगदान रहेको छ । संगठन निर्माण गर्ने निर्माता मध्येको एक हुन उदय पुन, संगठनको सदस्य साबिक हंसपुर गाबिस सेक्रेटरी हुँदै हाल मालारानी ६ पार्टी अध्यक्ष रहेका पुन मगर प्रत्येक चुनावमा पार्टिलाई राम्रो नतिजा ल्याउन नेतृत्वदायी भुमिका खेलेका छन बिशेष गरि संबिधान सभा, प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनमा माओवादी उम्मेदवारलाई जिताउनको हंसपुर छेत्रबाट राम्रो मत ल्याई बिजयी गराउन पुन मगरको निकै ठूलो योगदान रहेको थियो ।

Workplace

पुन इन्डियन आर्मी बाट अबकास पछि आफ्नो छेत्रको राम्रो कृषक पनि हुन् । हरेक काममा सकृयता साथ लाग्ने पुन व्यावसायिक बाख्रा पालन गरेर आम्दानीको स्रोत आर्जन गरेका पुन मगर कृषिमेला बाट पटक पटक पुरस्कार पनि प्राप्त गरेका छन् । पुनलाई कृषि क्षेत्रमा उदाहरणको रुपमा हेरिन्छ पुनको बिचारमा राजनितीलाई व्यावसायिकरण गर्नु हुदैन,राजनितीलाई त सामाजिक सेवा मा रुपान्तरण गर्नु पर्छ र जनताको सेवक बन्न सकिन्छ भन्ने स्पष्ट मान्यता राख्ने पुनले प्रतिनिधि सभा भंग पश्चात् प्रतिगमन र प्रतिगामीहरुलाई परास्त गर्नु पर्छ अग्रगमन लाई रोज्नु पर्छ भन्दै प्रतिगमन बिरुद्धको शसक्त आन्दोलनमा आफुलाई उभ्याई मालारानी ६ बाट नेतृत्वदायी भुमिका खेलि जनतालाई दायाँबायाँ हुन दिएनन् बिशेष गरि एमालेको लालकिल्ला भनेर चिनिने हंसपुर क्षेत्रलाई माओवादीलाई प्रमुख प्रतिसपर्धीको रुपमा उभ्याउन ठूलो मद्दत गरे र अहिले हंसपुर टुक्रिएर मालारानी ६ अर्थात रतनमारे क्षेत्रलाई माओवादीको लालकिल्ला बनाई छाडे ।

अहिले पुन यसै वडाको माओवादीको तर्फबाट उम्मेदवार छन् र जनतालाई वचन दिएका छन् , प्रतिबद्धता जाहेर गरेका छन्। म “म राजनितीलाई आफ्नो पेवा ठान्दिन जनताको सेवा ठान्दछु, राजनितीलाई business बनाउदैन,राजनितिलाई socialism बनाउछु नस्ट हुन्छु तर भ्रष्ट हुन्न”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै