भुमिकास्थानका विभिन्न पसलमा अनुगमन, म्याद खुज्रिएका अखाद्य वस्तु बरामद

Workplace

अनिल नेपाली अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आज भुमिकास्थान नगरपालिका वडा न ८.९. १० मा रहेका बजार पिपलनेटा झेस्के चिउरामाटी गैराकोट धनचौर डेभा मा रहेका करिब १७ खाद्य पसलमा बुधबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा पसलहरुबाट म्याद खुज्रिएका अखाद्य वस्तु बरामद गरिएको छ । उक्त पसलहरुबाट आटा, ठुलो खालको भुजा, सुर्तीजन्य पदार्थ, चुरोट, , सुजी पेय पदार्थ लगायतका म्याद गुज्रिएका अखाद्य वस्तुहरु बरामद गरिएको जिल्ला प्रशासन कायांलयका प्रशासकीय अधिकृत सरोज भुसालले बताउनुभयो ।

साथै अनुगमनका क्रममा पसलनै दर्ता नगरि सञ्चालन गरेका, पसल दर्ता भएपनि मुल्यसुची नराखेका व्यापारिलाई पसलमा मुल्यसुची राख्न निर्देशन समेत दिएको उहाँले जानकारी दिनुभयो ।बरामद भएका ती सामाग्रीलाई डिस्पोज गर्ने कार्यालयका खरिदार नारायण प्रसाद दमासेले बताउनुभयो । बजारका अधिकांश खाद्य व्यापारीले म्याद गुज्रेका सामाग्री उपभोक्तालाई बिक्रि गरेको हुनाले अनुगमन कार्यलाई तीव्रता दिने उहाँको भनाई छ ।

घरेलु तथा साना उद्योग कार्यालयका उद्योग बाट बिष्णु माया सुनार जिल्ला प्रशासन कार्यालयका भुवन आचार्य प्रहरी सहायक निरिक्षक गोपाल डागि हबल्दार मेघराज श्रेष्ठ प्रमुख पत्रकार अनिल नेपाली लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै