
अनिल नेपाली अर्घाखाँची । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अर्घाखाँचीका पालिकामा ८७४ जनाको उमेद्वारी दर्ता भएको छ ।
तीन नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ६१ वटै वडाअध्यक्ष पदका लागि ८७४ जनाको उमेद्वारी दर्ता भएको हो ।
नेकपा एमालेबाट सन्धिखर्क नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा मिश्रा आचार्यले मनोनयन दर्ता गराएका छन् । श्रेष्ठ गत निर्वाचनमा नगर प्रमुख कमलप्रसाद भुसालसँग पराजित भएका थिए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी लुम्बिनी प्रदेश सदस्य तथा पूर्व जिल्ला उपसभापति शान्ता भण्डारीले प्रमुखमा उम्मेदरवारी दर्ता गराएकी छन् ।
उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र भुसालले उम्मेद्वारी दर्ता गराएका छन् भने राप्रपाबाट ध्रुव भुसालले मेयरमा र सुनिता गिरीले उपमेयरमा, जनता समाजवाजवादी पार्टीबाट मेयर टोप बहादुर बलाल र उपमेयरमा रमा आचार्यले उमेद्वारी दर्ता गराएका छन् ।
स्वतन्त्रबाट राजेन्द्र नेपाल, विबेकशील साझा पार्टीबाट सूर्यप्रसाद श्रेष्ठ ,मेयरमा एकीकृत समाजबाट सिद्धीप्रसाद भुसालले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । अध्यक्षमा ४५ जना वडा सदस्यमा ६६ जना , महिला सदस्य ३१ जना दलित महिला सदस्य २७ जना गरी १७९ जनाले उम्मेदबारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको भुमिकास्थान नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा निवर्तमान नगर प्रमुख रेशम थापाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपप्रमुखमा बसन्ता पौडेलले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रमुखमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा, राप्रपाका तर्फबाट अर्जुन खनालले प्रमुखमा उम्मेद्वारी दिएका छन् ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार बालकृष्ण बन्जाडे , र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी महिला नेतृ सुनिता बेल्बासे भुसालले उम्मेदवारी दर्ता गराएका छन् भने वडा अध्यक्ष र सदस्यका लागि ५० पदका लागि स्वतन्त्र र राजनितिक दलको तर्फबाट ११६ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत शान्ति न्यौपाने जानकारी दिइन् ।
छत्रदेव गाँउपालिकामा नेपाली काग्रेसको तर्फबाट काग्रेस नेता चन्द्रमान श्रेष्ठले उम्मेदबारी दर्ता गराएका छन् भने उपाध्यक्षमा इन्दिरा भुसालले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनि पन्थीले उम्मेद्वारी दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गोपालप्रसाद पाण्डे,उपाध्यक्षमा रेखा कुँवर अध्यक्षमा विबेकशील पार्टीका नेता पशुपति पाण्डेले उम्मेद्वारी दर्ता गराएका छन् । वडा अध्यक्ष र सदस्यका लागि स्वतन्त्र लगायतले ४२ पदका लागि १०१ ले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत निराजन शर्माले जानकारी दिए । जिल्लाको पाणिनी गाँउपालिकामा अध्यक्षमा निवर्तमान अध्यक्ष समेत रहेका नेपाली काग्रेसका सचिव अच्युत गौतमले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
नेकपा एमालेका नेता टेकराज न्यौपाने , राप्रपा का तर्फबाट फर्सुराम पौडेल जसपाबाट माधबराज पोख्रेलले उमेद्वारी दिएका छन् भने उपाध्यक्षमा काग्रेसबाट निवर्तमान उपाध्यक्ष लक्ष्मी गौतम , एमालेबाट नरमता गौतम जसपाबाट यमुना थापा, स्वतन्त्रबाट बेदराज घिमिरेले उम्मेद्वारी दिएका छन् भने ८ वडा अध्यक्षका लागि २० जना ८ जना महिला सदस्यका लागि १७ जना दलित महिला सदस्यका १७ खुल्ला सदस्यका लागि ३९ जना गरी १०१ जनाले उम्मेदरबारी दिएको पाणिनी गाँउपालिका निर्वाचन अधिकृत महेश खनालले जानकारी दिए ।
त्यस्तै जिल्लाको शतगंगा नगरपालिका नगर प्रमुखमा एमालेबाट बसन्त कुमार श्रेष्ठ उपप्रमुखमा गीता भाटले उम्मेद्वारी दिएकी छन् । श्रेष्ठ गत निर्वाचनमा नगर प्रमुख सूर्यप्रसाद अधिकारीसँग पराजित भएका थिए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव छविलाल पौडेलले प्रमुखमा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका नेता तथा निवर्तमान नगर उपप्रमुख टिकाराम रेश्मीले उम्मेद्वारी दर्ता गराएका छन् ।
राप्रपाबाट नगर प्रमुखमा पार्वता पौडेल, उपप्रमुखमा कुलानन्द पौडेल , नगर प्रमुखमा नेकपा मालेबाट केदार बेल्वासे राष्ट्रिय जनमुक्ति पार्टीबाट बसन्ता रेग्मी विष्णु कुमार ले मगोल नेशनल अगनाईजेशन विना सुनार जनता समाजबादी जनक भुसाल कुमार घर्ती होम ब रायमाझीले स्वतन्त्र उम्मेदबारी दर्ता गराउनुभएको छ भने उपप्रमुखमा तुल्सी बुढा मगर स्वतन्त्र श्याम बहादुर रजाली सरस्वता थापाले नगर उपप्रमुखमा उम्मेदबारी दर्ता गराउनुभएको छ भने वडा अध्यक्ष का लागि ५९ जना पुरुष सदस्य ७८ महिला सदस्य ४२ दलित महिला सदस्य ३४ जना गरी २३० जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय सितगंगा ले जनाएको छ ।
जिल्लाको मालारानी गाँउपालिकामा अध्यक्षमा नेकपा एमालेका तर्फबाट दलबहादुर भट्टाराईले अध्यक्षमा उपाध्यक्षमा दिपा पोख्रेलले उम्मेद्वारी दिएकी छ्न भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता पदम क्षेत्रीले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका नेता शोभाखर खनालले उम्मेद्वारी दिएका छन् ।
राप्रपाका तर्फबाट पदम महतले अध्यक्षमा, एकीकृत समाजवादीका नेता पीताम्बर भुसाल ,जिन्दकबहादुर खड्काले जनता समाजवादीको तर्फबाट अध्यक्षमा, अर्जुन खनालले स्वतन्त्रको तर्फबाट उम्मेद्वारी दिएका छन् ।
गाँउपालिका निवर्तमान अध्यक्ष समेत रहेका बालकृष्ण आचार्यले समेत अध्यक्षमा उम्मेद्वारी दिएका छन् । वडा अध्यक्षमा २८ जना वडा सदस्य ४० जना महिला सदस्य १८ दलित महिला सदस्य १८ गरी ११७ जनाले उम्मेद्वारी दर्ता भएको छ ।
२ स्थानीय तहमा उम्मेदबार दोहोरिए
जिल्लाका ६ स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवारमा मध्ये अर्घाखाँचीमा केही पुरानै अनुहार दोहारिएका छन् ।
०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन नेपाली काग्रेसबाट पाणिनी गाँउपालिकाको अध्यक्षमा बिजयी अच्युत गौतम र एमालेबाट निर्वाचित भएका र अहिले कांग्रेसमा प्रवेश गरेकी महिला नेतृ लक्ष्मी गौतम र भुमिकास्थान नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट बिजयी भई काम गरेका नगर प्रमुख रेशम थापा एमालेमा प्रवेश गरेसँगै सोही पदमा पुुन उम्मेद्वारी दिएका छन् ।
शीतगंगा नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रका नेता टिका रेश्मीले सोही पदमा पुन उम्मेद्वारी दिएका छन् ।