
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्षमा बालकृष्ण आचार्यद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
२०७४ सालको चुनावमा नेकपा एमाले बाट निर्वार्चित अध्यक्ष आचार्यले पार्टीले सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाउने सहमति गरेपछि आफूले बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यको भनाइ छ ।