स्थानीय तह निर्वाचन : आज र भोलि मनोनयन दर्ता

Workplace

११ वैशाख, काठमाडौं । यही वैशाख ३० का गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदैछ ।

Workplace

यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको छ । आज र भोलि (सोमबार) दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।

देशैभर मनोनयन दर्ता र निर्वाचन प्रकियाको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार १२ गते सोमबार नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन हुनेछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै