
नविन रसाईली अर्घाखाँची। बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि मालारानी ७ मा गठबन्धनले उम्मेदवारको टुंगो लगाएको छ । मालारानी ७ मा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा उम्मेदवार टुंगाइएको नेकपा एस अर्घाखाँचीका सदस्य कृष्ण भुसालले जानकारी दिए ।
मालारानी ७ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्षमा खडानन्द भुसाल सर्वसम्मत चयन भएका छन. । यस्तै सदस्यहरुमा नेकपा माओवादी केन्दबाट मन बहादुर नेपाली, नेपाली कांग्रेसबाट गोविन्द राज रेग्मी, राजमोको तर्फबाट लक्ष्मी खनाल र राधा सुनार सर्वसम्मत चयन भएका छन् ।
अर्घाखाँची जिल्ला मै पहिलो पटक मालारानी ७ ले सर्वसम्मत उम्मेदवार चयन गरेको छ । जिल्लाका अन्य पालिका तथा वडाहरुमा भने अझै टुंगो लागेको छैन् । अब केही समयमै टुंगो लाग्ने स्रोतले जनाएको छ ।