
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका जिल्ला कमिटी सदस्य योगेन्द्र खड्काले राजिनामा दिएका छन् । सनिवार नेकपा एमाले अर्घाखाँचीलाई निवेदन लेखि राजिनामा दिएको जानकारी दिएका हुन । खड्का सँगै जगदिश खड्का, हरिकला खड्का र विष्णु खड्काले पनि राजिनामा दिएका छन् ।
लामो समयदेखि नेकपा एमालेमा सक्रिय रुपमा काम गर्दै आएको र समयको माग अनुसार काम गर्न नसक्ने भएकाले आफुले पाएको सम्पुर्ण जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जानकारी गराएका छन् ।