मालारानीमा नेपाल दलित मुक्ति मोर्चाको भेला तथा समिति पुनर्गठन कार्यक्रम सम्पन्न

Workplace

बाबुराम रसाईली अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको मालारानी गाउपालिका स्तरीय भेला तथा प्रशिक्षण एवं समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । भेला नेपाल दलित मुक्त मोर्चा मालारानी गाउपालिका अध्यक्ष शिव परियारको अध्ययता, नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य तथा मालारानी गाउपालिका अध्यक्ष पदम क्षेत्रीको प्रमुख आतिथ्यता तथा नेपाल दलित मुक्तिमोर्चा प्रदेश समिति सदस्य तथा जिल्ला उपाध्यक्ष सन्जु नेपालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले माओवादी देशको व्यवस्था परिवर्तन गरेको पार्टी, जनताको भावना बुझ्ने पार्टीे, विकासमा समृद्धि र दलित तथा सर्व साधारण जनतालाई राज्य सत्तामा अधिकार दिने एक मात्र पार्टी माओवादी केन्द्र भएको रहेको बताए । क्षेत्रीले २०७४ सालको निर्वाचन यता मालारानी गाउपालिकामा कहि कतै विकासको नाममा जमिन भत्काउने काम बाहेक कुनै विकासको नमुना कार्य नभएको र सबै सोझासाझा जनतालाई भ्रममा पारी भ्रष्ट काम गरेको आरोप लगाए ।

यस्तै नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष सन्जु नेपाली, नेपाल दलित मुक्ति मोर्चा जिल्ला सचिव तथा पार्टी मालारानी गाउपालिका ४ नं. वडा अध्यक्ष रामकृष्ण वि.क., पार्टी ७ नं. वडा अध्यक्ष मन बहादुर नेपालीले मन्तव्य राख्दै माओेवादी केन्द्रले ल्याएको व्यवस्थामा अन्य पार्टीहरुले रजाई गरेको बताए । उनिहरुले २४० वर्षे पुरानो एकात्मक राज्य सत्तालाई परिवर्तन गर्नको निम्ति १० वर्षे जनयुद्ध र एतिहासिक जनआन्दोलनमा सबैभन्दा धेरै दलित, उत्पिडित वर्ग समुदायको महत्वपुर्ण भुमिका रहेको बताउदै दलित, उत्पिडित समुदायहरु भ्रमका पछाडि नलागि परिवर्तनकारी, शैद्धान्तिक, बैचारिक आन्दोलनमा एकढिक्का भएर अघि बढ्न आग्रह समेत गरे ।

भेलाले नेपाल दलित मुक्तिमोर्चा मालारानीको कार्य समितिलाई पुर्नगठन गरेको छ । भेलाले शिव परियारको अध्यक्षतामा २७ सदस्यीय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेम बहादुर परियार, बसन्ता नेपाली, सचिव देवीराम सुनार, सहसचिव कुमार नेपाली, कोषाध्यक्ष सुरज वि.क र सदस्यहरुमा सन्जु विक, सुरज नेपाली, प्रेम बहादुर नेपाली, मोहन परियार, केशव विक, रेम बहादुर परियार, भक्ति नेपाली, सावित्रा नेपाली, लक्ष्मण नेपाली लगायत २७ सदस्यीय पालिका समिति गठन गरेको हो । उक्त भेला तथा प्रशिक्षण कार्यक्रम वाईसीएल नेपाल मालारानी गाउपालिका सचिव चन्द्र नेपालीको स्वागत मन्तव्य र पार्टी मालारानी गाउपालिका सदस्य बाबुराम रसाईलीको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै