बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने

Workplace

काठमाण्डाै । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् ।

निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट आज मङ्गलवार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् ।

न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने गरी बनाएको आचारसंहिताविरुद्ध परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै