रेडक्रसको आयोजनामा कोभिड १९ सम्बन्धी पुर्व तयारी सम्बन्धी कार्यक्रम सम्पन्न

Workplace

बिष्णु खनाल अर्घाखाँची । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको आयोजनामा सन्धिखर्कमा कोभीड १९ को पुर्व तयारी र प्रतिकार्य सन्चालन परियोजना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

Workplace

कार्यक्रममा मन्तव्य राख्दै छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले ईतिहासदेखी रेडक्रसले धेरै राम्रो काम गर्दै आएको बताउदै कोभिड १९ को समयमा अहोरात्र खटेर काम गरेकोप्रती मुक्तकण्ठले प्रशम्सा गर्नुभयो । आगामी दिनमा रेडक्रसलाई पालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमि नराख्ने धारणा राख्नुभयो ।

कोभिड १९ को समयमा रेडक्रस अर्घाखाँचीले भारतबाट आएका नेपाली दाजुभाई तथा दिदीबहिनिलाई जिल्ला ल्याउनका लागि ठुलो सहयोग गरेको बताउनुभयो । कार्यक्रममा रेडक्रसको ईतिहास, कोभिड १९ को पुर्वतयारिका बारेमा फोकल पर्सन हेमा भुसाल र कुशल भुसालले प्रकाश पार्नुभएको थियो ।

शाखाका सभापती कुशल भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, विशिष्ट अतिथि छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, मालारानी उपाध्यक्ष प्रमिला क्षेत्री, जिल्लास्थित विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, रेडक्रसका विभिन्न पदाधिकारी, सन्चारकर्मि लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम रेडक्रस उपसभापती कैलाश श्रेस्ठको स्वागत मन्तव्य र मन्त्री चन्द्र प्रसाद बन्जाडेको सन्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै