वाइसीएल नेपालको मालारानी गाउँपालिका स्तरीय भेला सम्पन्न

Workplace

बाबुराम रसाईली अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट यौङ कम्युनिस्ट लिग नेपाल वाइसीएल नेपालको आयोजनामा मालारानी गाउपालिका स्तरीय प्रथम भेला मालारानी ६ स्थित हंसपुरको रतनमारेमा सम्पन्न भएको छ ।

Workplace

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सहईन्चार्ज अनिलकिशोर घिमिरेले नेकपा एमालेले जनताको पक्षमा काम गर्न नसक्ने बताए । जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र मात्र रहेको बताउदै आसन्न स्थानिय निर्वाचनमा माओवादीलाई विजयी गराउनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहईन्चार्ज ठाकुर कुमार विकले यतिबेला नेकपा एमालेले जनतामाझ झुटा प्रचार गर्दै हिडिरहेको बताउदै अब जनताहरु त्यस्तो भ्रममा पर्न नहुने बताएका छन । उनले अब स्थानिय तहको निर्वाचनमा एमालेलाई सबै जनताले दण्डित गनुपर्ने बताए ।

यस्तै नेकपा माओवादी केन्द्र मालारानी गाउपालिका वडा नं. ५ का अध्यक्ष शोभाखर भुसालले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका नेकपा एमालेका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का (उज्वल) लाई पालिका, प्रदेश र संघ होईन मालारानी गाउपालिका वडा नं. ५ मा वडा अध्यक्ष पदमा निर्वाचित भएर देखाउन चुनौति दिएका छन् । खड्का माओवादीमा रहदा न त कुनै कार्यकर्तालाई राजनितिक क्षमताको विकास भयो, न त कुनै विकासको नमुना, न त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र देशको आमूल परिवर्तनका निम्ति साहदत प्राप्त गर्ने सहिदहरु, घाईते, अपांग लगायत जनयुद्धमा ज्यान मुट्ठीमा राखेर होमिएका गरीब, दलित, जनजातिहरुलाई सम्मान गरे ! त्यसैले ती आमूल परिवर्तनका निम्ति साहदत प्राप्त गर्ने सहिदहरुको रगतले कुनै दिन अवश्य सराप्ने बताए ।

कार्यक्रममा वाइसीएल केन्द्रीय सदस्य ठाकुर सौराग, वाइसीएल जिल्ला ईन्चार्ज कृष्ण सारु, नेकपा माओवादी केन्द्र मालारानी गाउपालिका अध्यक्ष पदम बहादुर क्षेत्री, थअ िजिल्ला सचिव विष्णु पुन, प्रेस सेन्टरका जिल्ला ईन्चार्ज अशोक खनालले मन्तव्य राख्दै जसरी तत्कालिन समय १० वर्षे जनयुद्ध देखि ०६३÷ ०६३ को ऐतिहासिक जनआन्दोलन सम्म आउदा वाइसीएलको भुमिका महत्त्वपूर्ण थियो यसले देशमा ठुलो परिवर्तन ल्याएको छ र आगामी दिनहरुमा त्यो भन्दा अझ सशक्त र परिवर्तनशील भएर लाग्न समेत आग्रह गरेका हुन् ।

उक्त भेलाले वाइसीएल नेपाल मालारानी गाउ पालिका स्तरीय कमिटी समेत गठन गरेको छ । भेलाले राम कुमार टण्डनको अध्यक्षतामा ५५ सदस्यीय पालिका स्तरिय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा नेत्र पाण्डे, रामु खड्का, राजु नेपाली, सचिव खुम बहादुर थापा, सहसचिव नवीन भुसाल, चन्द्र नेपाली र कोषाध्यक्षमा रुम बहादुर खनाल लगायत ५५ सदस्यीय पालिका स्तरीय वाइसीएल कमिटी गठन गरेको हो । त्यस्तै पालिका ईन्चार्जमा विरेन्द्र बस्नेत, सहईन्चार्ज राम बहादुर राना चयन भएका छन् । त्यस्तै मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र मालारानी गाउपालिका ईन्चार्ज मान बहादुर पाण्डेले नवगठित वाइसीएलका सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका हुन् ।

उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरि दर्जनौ युवा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । भेला कार्यक्रम थअ िपालिका सहईन्चार्ज राम बहादुर रानाको अध्यक्षता, वाइसीएल लुम्बिनी प्रदेश कमिटी सदस्य तथा मालारानी ईन्चार्ज विरेन्द्र बस्नेतको स्वागत मन्तव्य र मालारानी गाउपालिका पुर्व संयोजक तथा युवा नेता विष्णु कुवरको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै