नेकपाकाे पुर्ण बैठक सम्पन्न, चुनावमा स्वतन्त्र उम्मेद्बारलाई समर्थन गर्ने

Workplace

अनिल नेपाली अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्ला समितिको पूर्ण वैठक पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु र अर्घाखाँची जिल्ला इन्चार्ज संगम को विशेष उपस्थितिमा ऎतिहासिक निर्णय गर्दै सम्पन्न भएको छ।

वैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य द्दोय जुझारु र संगमले दलाल संसदीय व्यवस्था सम्पुर्ण रुपमा असफल भएको बताउदै बैज्ञानिक समाजवाद कि दलाल संसदीय व्यवस्था ठिक भनेर जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकारको लागी सबैलाई जागरुक र एकताबद्द बनाउन सम्पुर्ण नेता कार्यकर्ता लाई आम जनतामा जानको लागी निर्देशन दिनु भयो।

बैठकले जिल्लामा दलाल संसदीय व्यवस्था ,राष्ट्रघाती mcc सम्झौता, मङग्गी र भ्रष्टाचार का विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ। साथै घोषित दलाल संसदीय ब्यवस्था अन्तर्गत हुने स्थानीय चुनावमा भाग नलिने र देशभक्त , क्रान्तिकारी , प्रगतिशील तथा राष्ट्रघाती mcc बिरोधि स्वतन्त्र उम्मेद्बार लाई समर्थन रहने जिल्ला सेक्रेटरी माहुरी ले जानकारी दिनु भयो। साथै जिल्ला पार्टीले पुर्व जिल्ला इन्चार्ज जुझारु लाई बिदाइ र नयाँ इन्चार्ज संगम लाई स्वागत गरेको छ।

जिल्ला सेक्रेटरी माहुरी को अध्यक्षतामा भएको वैठकमा सबै जिल्ला कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै