सन्धिखर्क नगरपालिकामा चैत्र २५ देखि ३० गते सम्म टाइफाइड रोग विरुद्धको खोप लगाइने

Workplace

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा चैत्र २५ गते देखि ३० गतेसम्म टाइफाइड रोग विरुद्धको लगाइने भएको छ । दशैभरी एकै चरणमा अभियानका साथ लगाउन लागिएको टाइफाइड विरुद्धको खोप सन्धिखर्क नगरपालिकाले २५ गते देखि ३० गते सम्म लगाउन लागेको सन्धिखर्क नगरपालिका जनसंख्या निरिक्षक धर्म पन्थीले जानकारी दिए ।

सन्धिखर्कमा करिव १४ हजार ५ सय जना खोप लगाउनुपर्ने लक्षित जनसंख्या रहेको जानकारी दिए । सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको नगर स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै जनसंख्या निरिक्षक धर्म पन्थीले यो अभियानमा लक्षित समुह प्राय विद्यालयमा रहने भएकाले विद्यालयलाई प्राथामिकता राखेर बालबालिकालाई विद्यालयमै खोप लगाइने जानकारी दिए । सन्धिखर्क नगरपालिकाका भित्ररहेका प्रत्येक वडाहरु तथा विद्यालयहरुमा स्वास्थ्य कर्मी, स्यंमसेवक, शिक्षिका, स्थानिय सुपरिवेक्षण लगायतको टोलीले बालबालिकालाई खोप लगाइदिने जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले नगरपालिकामा खोप अभियान प्रभावकारी रुपमा संचालन भइरहेको बताए । उनले केही चुनौती भएपनि टाइफइड विरुद्धको खोप अभियान सफल पार्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघका सचिव विनोद गैरेले खोप अभियानमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउदै खोप लागाउनबाट कुनैपनि बालबालिकालाई नछुट्याउन आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु लगायत विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै