
नविन रसाइली अर्घाखाँची । एसियन लाइफ इन्स्योरेन्स अर्घाखाँचीको अभिकर्ता तालिम सम्पन्न भएको छ । सनिवार सन्धिखर्कको होटल डायमण्डमा तालिम सम्पन्न भएको हो ।
तालिममा बुटवल शाखा प्रबन्धक बिकाश अधिकारीले जिवन बिमा अत्यावश्यक रहेको बताए । तालिमका मुख्य प्रशिक्षक समेत रहेका अधिकारीले अभिकर्ताहरुलाइ बिमा के होर्? बिमा कसरी गर्ने, एसियन लाइफ इन्स्योरेन्सका फाइदा के के हुन, किन एसियन लाइफमै बिमा गर्ने लगायतका विषयमा जानकारी दिएका थिए ।
यस्तै तालिममा सह प्रशिक्षक गोकर्ण न्यौपानेले पनि प्रशिक्षण दिएका थिए । तालिम एजेन्सी म्यानेजर मीन प्रसाद अधिकारीको अध्यक्षता र मित्रदेव पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।
