
हृदय भुसाल अर्घाखाँची । स्थानीय तहको निर्वाचन नजिकै जादाँ बिभिन्न पार्टीका चुनाब केन्दि«त कार्यक्रम हरुले तिब्रता पाएका छन् । यसै क्रममा पाणिनी ५ मैदानको अमुजामा बिभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेको कांग्रेस जिल्ला समिती सचिब अच्युत गौतमले जानकारी दिए ।

करिब ५० जनाको संख्यामा प्रबेश गरेको जानकारि दिदै जिल्ला सचिब गौतमले कांग्रेसमा प्रबेशको लहर जिल्ला भर नै चलेको बताए । पाणिनी गाउँपालिका अध्यक्ष गौतमले आफुहरुले बिगतमा प्रदेश र संघिय सरकार प्रतिकुल हुदा पनि स्थानिय सरकार बाट गरेका कामहरु प्रभाबकारी भएको भन्दै अध्यक्ष गौतमले पाणिनीको योजनाबद्ध बिकासको निम्ती आफु निरन्तर रुपमा लागिरहेको बताए ।

अध्यक्ष गौतमले भने,बिकास र समृद्धिको नारा मात्र होईन ५ बर्षमा केही देखिने गरि काम पनि गरेका छौ,त्यसकारण हाम्रो पार्टी आकर्षण बढिरहेको छ,।
पार्टि प्रबेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता यादब घिमिरेले अब जनताको रोजाईको पार्टी काग्रेस हुने भन्दै संबिधान र लोकतन्त्रको रक्षाका लागी सबै जनता फेरी एकपटक प्रतिगामीहरुलाई परास्त पार्न काग्रेसमा गोलबन्द हुनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महिला नेतृ लक्ष्मी गौतमले जनताका माग र आबश्यकताको आधारमा बिकासको कामलाई आफुहरुले काम गरिरहेको बताईन् । गाउँपालिकाको कामका अबस्था देखेर केही तत्वहरुले गलत भ्रम फैलाउदै हिडे पनि जनताहरुले बुझिसकेको भन्दै उपाध्यक्ष गौतमले आफु जहाँ रहेपनि सधै जनताको काम र बिकासको काम लागिरहेने बताईन् ।
यसरी प्रबेश गर्नेहरुमा मोतीलाल सुनारी,बिर बहादुर रासकोटी,इन्द बहादुर रासकोटी, उमलाल घिमिरे,दलबहादुर रासकोेटी लगायत प्रबेश गरेको स्थानीय काग्रेस नेताले जानकारी दिए ।
प्रबेश कार्यक्रममा वाड सभापति,गणेश घिमिरे,युवा नेता लक्ष्मण पाण्डे लगायको आथित्यता रहेको काँग्रेस स्रोतले जानकारी दिएको छ ।