अर्घाखाँचीमा १ लाख ६३ हजार ८ सय १५ जना मतदाता

Workplace

नविन रसाइली अर्घाखाँची । आउदो बैशाख ३० गते हुने स्थानिय तहको चुनावका लागि निर्वाचन आयोगले अन्तिम मतादाता नामावली टुंङ्गो लगाएको छ । आज आइतबार बसेको आयोगको बैठकले मतदानस्थल र मतदान केन्द्रको समेत टुंङ्गो लगाएको हो ।

यस्तै अर्घाखाँची जिल्लामा मतदाताको संख्या १ लाख ६३ हजार ८ सय १५ रहेको छ । जसमध्ये ८१ हजार ४ सय ४९ जना पुरुष रहेका छन भने ८२ हजार ३ सय ६६ जना महिला रहेको जानकारी प्राप्त भएको छ ।

अर्घाखाँची जिल्लाका ६ वटा स्थानिय तहमध्ये सन्धिखर्क नगरपालिकामा १५ हजार ८ सय २६ जना पुरुष र १६ हजार ८ सय १५ जना महिला मतदाता रहेका छन् । सतगंगा नगरपालिकामा १६ हजार ५ सय ८२ जना पुरुष र १५ हजार ८ सय २ जना महिला मतदाता रहेका छन् । भुमिकास्थान नगरपालिकामा १३ हजार ३ सय ५२ जना पुरुष र १४ हजार ३५ जना महिला मतदाता रहेका छन् ।

यस्तै जिल्लाको पाणिनी गाउँपालिमा ११ हजार ६ सय ३८ जना पुरुष र ११ हजार ५ सय ३३ जना महिला मतदाता रहेका छन् । छत्रदेव गाउँपालिकामा १२ हजार ५६ जना पुरुष र १२ हजार २ सय ४३ जना महिला मतदाता रहेको छन् । मालारानी गाउँपालिकामा ११ हजार ९ सय ९५ जना पुरुष र ११ हजार ९ सय ३८ जना महिला मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै