मालारानी ७ मा गठबन्धन र एमाले बिच कडा प्रतिस्पर्धा, एमालेलाई विरासत जोगाउन कठिन

अर्घाखाँची । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा अर्घाखाँची जिल्लाको मालारानी गाउँ पालिका वडा नं. ७ बामरुकमा पनि चुनावी सरगर्मी बढदै गएको छ ।

विगतको स्थानिय तहको निर्वाचनमा एमाले उम्मेदवार खडक प्रसाद भुसाल निर्वाचित भएको त्यस वडामा अहिलेको निर्वाचनमा गठबन्धन र एमाले बिच कडा प्रतिस्पर्धा, हुने देखिएको छ । एमाले बिभाजनको प्रभाव बढी देखिएको यस वडामा एमालेलाई विरासत जोगाउन अत्यन्तै कठिन देखिएको छ ।

एमाले बिभाजन पछि बनेको नेकपा एकीकृत समाजवादीमा विगतमा एमालेमा रहेका प्र्रभावशाली युवा नेताहरु आवद्ध भई सांगठनिक काममा लाग्दा एमालेलाई चुनौतिको चाङ थपिएको छ । पाँच वर्षको यस अवधिमा एमाले नेतृत्वले कुनै राम्रो काम गर्न नसकेको, आफ्ना आसेपासेलाई मात्र अवसर दिएको, योजनाको काममा अनियमितता गरेकोले यस निर्वाचनमा एमालेको हार निश्चित रहेको गठबन्धनका एक नेताको भनाई छ ।

यस निर्वाचनमा गठबन्धनले जसरी पनि जित्ने रणनिती अपनाएको देखिन्छ । गठबन्धनका दल मध्यबाट नेकपा एकीकृत समाजवादीले खडानन्द भुसाल, बसन्त पराजुली र सतिष चन्द्र मरासिनी मध्यबाट एकजनालाई वडा अध्यक्षको उम्मेदवारको रुपमा अघि सार्ने नेकपा एसका एक नेताले बताए ।

युवा अवस्थामै व्यवसायमा फड्को मार्न सफल खडान्नद भुसाल आफ्नै बलबुताले सफल व्यवसायीको रुपमा स्थापित नेता हुन् । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य रहेका भुसाल आगामी निर्वाचनका ससक्त उम्मेदवार हुन् । त्यसैगरी एक प्रशिद्ध अन्तराष्ट्रिय गैर सरकारी संस्थामा लेखा अधिकृतको रुपमा कार्यरत बसन्त पराजुली बाणिज्य शास्त्र र अर्थशास्त्र विषयमा स्नातकोतर उत्तिण व्यक्ति हुन । युवाहरु माझ अत्यन्तै लोकप्रिय रहेका पराजुली पनि उम्मेदवारका आकांक्षी रहेको बुझिएको छ । त्यस्तै एक प्रतिष्ठित बैंकको म्यानेजरको रुपमा आवद्ध सतिषचन्द्र मरासिनी पनि समाजवादी बाटै वडा अध्यक्षको उम्मेदवारका आकांक्षी हुन । यी उम्मेदवार मध्य नेकपा एकीकृत समाजवादीले खडानन्द भुसाल (बामरुके) लाई उम्मेदवारको रुपमा अघि सार्ने सम्भावना बढी देखिन्छ ।

यस्तै नेकपा एमालेबाट बर्तमान वडा अध्यक्ष खडक प्रसाद भुसाल, एमाले पालिका उपाध्यक्ष विष्णु प्रसाद मिश्र र क्याप्टेन इन्द्र बहादुर खडका मध्य एक जना उम्मेदवार हुने एमालेका एक नेताले बताए । सिद्धार्थ मावि बाट अबकास प्राप्त विष्णु प्रसाद मिश्र त्यस क्षेत्रका स्थापित समाजसेवी एवं बुद्धि जिवी रहेको कारण र विगतमा पनि त्याग गरेको हुँदा यसपालि एमालेको तर्फकाट वडा अध्यक्षको उम्मेदवारको रुपमा मिश्रको सम्भावना बलियो रहेको देखिन्छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट विगतमा वडा अध्यक्षको उम्मेदवार रहेका पाणिनी बहुमुखी क्याम्पसका स्ववियू सभापति लक्षमण खड्का, पार्टीका वडा इन्चार्ज मनिराम पराजुली र पार्टी अध्यक्ष मन बहादुर नेपाली मध्य एक जना उम्मेदवारको रुपमा आउने माओवादीका एक नेताले बताए ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट सुरेन्द्र बस्नेत, माधव भुसाल, र डिल बहादुर खत्री वडा अध्यक्षको आकांक्षी रहेको जानकारी प्राप्त भएको छ भने नेपाली कांग्रेसबाट गोबिन्द रेग्मी र मधु पाण्डे आकांक्षी रहेको बुझिएको छ ।

गठबन्धनका दलबाट जुन दलको नेतृत्वमा जिल्लामा सहमती हुन्छ त्यही दलको नेतृत्वमा एक मन र एकताका साथ निर्वाचनमा होमिने माओवादी केन्द्रका एक नेताले बताए । एमाले बिभाजनको सबैभन्दा गहिरो असर परेको यस वडामा यस पालिको निर्वाचन जित्न फलामको चिहुरा जस्तै रहेको तर जित निश्चित रहेको एमालेका एक नेताले दाबी गरे ।

पाँच वर्षको यस अवधीमा खेल मैदान निमार्णको नाममा करिब २५ लाख रुपैया अनियमितता गरेको, भैसी फर्ममा करिब २२ लाख रकम पारी अनियमितता गरी हाल उक्त भैसी फर्म अस्तित्वमै नरहेको, स्मार्ट कृषि कार्यक्रममा आएको करिब डेढ करोड रुपैयाबाट कुनै देखिदो काम नगरी लाखौं रुपैया हिनामिना गरेको, बाटो निमार्ण शिर्षकमा आएको लाखौं बजेट बालुवामा पानी खन्याए जस्तै गरी सकेको, विभिन्न नियुक्तिहरुमा आसेपासेहरुलाई मात्र भर्ती गरेको जस्ता थुप्रै काण्डहरु गरेको कारण यसपालि एमालेलाई जनतामाझ जाने कुनै नैतिक आधार नभएको गठबन्धनका एक नेताले प्रेस लुम्बिनीलाई बताए । तर एमालेका स्थानिय नेताले केपी ओली नेतृत्वको विगतको सरकारले अत्यन्तै राम्रो काम गरेको हुँदा सोही एजेन्डा बोकी जनतामाझ जाने बताए । साथै एमालेको जित निश्चित रहेको दाबी गरे ।

Workplace
Workplace
Workplace
Workplace
Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (44%)
  • दुःखी (0%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (44%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै