२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

नेकपा एकीकृत समाजवादी सन्धिखर्क नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न

Workplace

नविन रसाईली अर्घाखाँची । नेकपा एकीकृत समाजवादी सन्धिखर्क नगर कमिटीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नेकपा एसको पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य, लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष तथा जिल्ला इन्चार्ज पिताम्बर भुसालले नेकपा एस कमजोर नभएको दाबी गरे । उनले देशका विभिन्न जिल्लामा तथा प्रदेशमा नेकपा एसको बहुमत रहेको समेत बताए । यस्तै उनले देशभर नै गठबन्धन हुँने बताए । देशभर नै गठबन्धन गरेर प्रतिगमनलाई प्ररास्त पार्नुपर्छ’ उनले भने

कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष राम बहादुर चौहानले सबै नेता कार्यकता जनतामाझ जान आग्रह गरे । उनले सम्पुर्ण नेता कार्यकर्तालाई निर्धक्का साथ, सक्रिय रुपमा चुनावमा लाग्न निर्देशन दिदै अब पार्टीमा स्वागत अभियान चलाउने समेत बताए । यस्तै अध्यक्ष चौहानले ११ गते देखि जिल्लाका ६ वटै स्थानिय तहमा गठबन्धनका शिर्ष नेताहरु जाने जानकारी गराउदै सम्पुर्ण नेता कार्यकर्तालाई सहभागी हुन अनुरोध गरे । उनले ११ गते सितगंगा नगरपालिका जाने जानकारी दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज यमुना भुसाल, जिल्ला कमिटी उपाध्यक्ष द्रय सिद्धि प्रसाद भुसाल, सुमित्रा मुखिया, जिल्ला कमिटी सचिवालय सदस्य पिताम्बर भुसाल लगायतले प्रशिक्षण मुलक भनाइ राखेका थिए ।

कार्यक्रममा जिल्ला सदस्यहरु, सन्धिखर्क नगरपालिका वडा नं. १ देखि १२ सम्मका वडा कमिटी अध्यक्षहरु, वडा कमिटी सदस्यहरु लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा एकीकृत समाजवादी सन्धिखर्क नगरकमिटी अध्यक्ष बद्रि भुसालको अध्यक्षता सचिव नारायण भुसालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै