२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

परिवर्तन जनतामाझ अझै पुगेको छैन्ः आचार्य

Workplace

नविन रसाईली अर्घाखाँची । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य डिलाराम आचार्यले जनतामाझ अझै परिवर्तन नपुगेको बताएका छन् । बिहीबार अर्घाखाँचीको सन्धिखर्कमा प्रेस सेन्टर नेपाल द्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले यस्तै बताएका हुन । उनले परिर्वतन संविद्यानमा लेखिएता पनि वास्तविक जनतामाझ नपुगेको बताउदै परिर्वतन जनतामाझ पु¥याउन अझैै एउटा सकारात्मक परिर्वतनको लडाई लड्नुपर्ने बताए । केन्द्रिय सदस्य आचार्यले अहिलेको अवस्थामा गठबन्धको आवश्यक रहेको बताए । ‘गठबन्धन एक पक्षिय आवश्यकताले बन्दैन अहिलेको अवस्थामा गठबन्धनको आवश्यक छ’ आचार्यले भने ।

तस्विरः नविन रसाइली

यस्तै नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुसीला श्रीपालीले अर्घाखाँचीका सबै स्थानिय तह तथा वडाहरुमा गठबन्धन हुने बताइन् । उनले कहि संचार माध्यमले बुधबार गलत समाचार प्रकाशन गरेकोले त्यस्तो गलत तथा तथ्यहीन समाचार नलेख्न आग्रह गरेकी छन् । श्रीपालीले टोपबहादु रायमाझी अर्घाखाँचीको अभिभावक हुँदा कसकसको भविस्य सुध्रियो भन्ने प्रश्न समेत गरेकी छन् ।

पत्रकार सम्मेलनमा नेकपा माआुवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार विक, प्रदेश सदस्य सदस्यहरु, जिल्ला संयोयज रोजेन्द्र भुसाल लगायतका नेतहरु प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु लगायत विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थति रहेको थियो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल प्रदेश सदस्य रमिता नेपालीको अध्यक्षता र प्रेस सेन्टर नेपालका सचिव बसन्त कुमार विकको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै