सबै राजनैतिक दल चुनाव केन्द्रित

Workplace

नविन रसाईली अर्घाखाँची । यतिबेला राजनैतिक दलका नेताहरु आगामी बैशाख ३० मा हुने स्थानिय तहको चुनाव केन्द्रित भइरहेका छन् । केन्द्रिय तथा जिल्लाका विभिन्न पार्टीका नेताहरु यतिबेला चुनाव केन्द्रित कार्यक्रममा लागिरहेका छन् । दैनिक जसो पार्टी प्रवेस कार्यक्रम, प्रशिक्षण कार्यक्रम, संगठन विस्तार कार्यक्रम लगायतका कार्यक्रममा नेताहरु व्यस्त हुन थालेका छन् ।

यसैबिच अर्घाखाँचीमा पनि चुनावी माहोल निकै तातेको छ । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादीका नेता तथा कार्यकर्ताहरु यतिबेला गाउँ गाउँमा संगठन विस्तारमा जुटिरहेका छन् । नेपाली कांग्रेसले त यतिबेला गाउँ जाउँ काग्रेस जिताउ अभियान नै सुरु गरेको छ भने अन्य पार्टीहरुले पनि आ–आफ्ना एजेण्डाहरु लिएर जनता माझ गएका छन् । केही समय अघि मात्र नेकपा एमाले बाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि संगठन विस्तारमा तिब्र लागिरहेको एकीकृत समाजवादीका नेताहरु बताउन्छन् ।

यसो त अर्घाखाँची जिल्लामा ५ दलिय सत्ता गठबन्धनले चुनावमा पनि एक भएर जाने निर्णय गरिसकेका छन् । उनिहरुले पाँच दल मिलेर चुनावमा जाने र जिल्लाका सबै स्थानिय जित्ने निर्णय गरिसकेका छन् भने नेकपा एमालेले पाँच दल सँग एक्ले भिड्ने सामार्थ गरिरहेको छ । नेकपा एमाले पनि यतिबेला आफ्नो संगठन विस्तारमा गाउँ गाउँमा गएको छ ।

केन्दं्रमा रहेर राजनिति गरिरहेका नेताहरु पनि यतिबेला आ–आफ्नो जिल्लामा आएर पार्टी निमार्णमा लागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै