नगरभित्रका मासु तथा दुध डेरी पसल अनुगमनमा तिव्रता

Workplace

बिष्णु खनाल अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका मासु पसल, दूध संकलन केन्द्र र दुध डेरी अनुगमनलाई तिव्रता दिएको छ । आईतवारदेखी सुरु गरेको अनुगमन आज सोमवार पनि सन्धिखर्कका विभिन्न ठाउँमा गरिएको हो ।

Workplace

जीवनारायण आचार्यको संयोजकत्वमा सन्धिखर्कको मन्चलाईन, गुन्टेखोला, बसपार्क लाईन, कज्बे, साथी होटेल लाईन लगायतका ११ ओटा पसलमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बधशाला अव्यवस्थित, पसल दर्ता नभएको, मुल्य सुचि नटाँसिएको र सरसफाई नभएका पसल भेटिएका थिए । उनीहरुलाई समयमै पसल दर्ता गर्न, बधशाला व्यवस्थित बनाउन तथा सरसफाईमा विशेष ध्यान दिन र मुल्यसुचि टाँस्न अनुरोध गरिएको थियो ।

नगरभित्रका मासु पसल तथा दुध डेरी पसलहरुमा दिनहुँ जुनसुकै समयमा पनि अनुगमन गर्ने र दर्ता नगरि पसल सञ्चालन गर्ने व्यवसायीलाई दर्ता गर्न लगाउने, सरसफाईमा बढि ध्यान दिन अनुरोध गर्ने जीवनारायण आचार्यले जानकारी दिनुभयो ।

अनुगमनमा सन्धिखर्क नगरपालिका पशु शाखाका नारायण खनाल, बुद्धि गौतम, जिल्ला प्रशासन कार्यालयका पोमनारायण कुँवर, कृषि विकास शाखाकी सरिता घिमिरे, जिल्ला प्रहरी कार्यालयका मधु कुवर, चेम्बर अफ कमर्शका प्रकाश भुसाल, पत्रकार महासंघ जिल्ला सदस्य बिष्णु खनाल, विजय खनाल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै