नेकपा (एस) पाणिनी गाउँ पालिकाकाे बैठक सम्पन्न

Workplace

४ चैत, सागर परियार अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पाणिनी गाउपालिकाको बैठक विभिन्न निर्णय गर्दै सप्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादि जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले संगठन बिस्तारको अभियानमा हाम्रो पार्टी दुर्त गतिमा अगाडि बडेको बताउदै केन्द्र देखि जिल्ला सम्म यो अभियान चलिरहदा यो गाउपालिमा पनि संगठन निर्माण तथा सदस्यता बिस्तारमा डटेर अगाडि बड्न निर्देशन दिनु भयो । केपि वलि पार्टीलाई पत्ता साब पर्नको निम्ती गठबन्धनको सरकार निरन्तर लागि रहेको भन्दै आसान्न स्थानीय तहको निर्वाचनमा केन्द्र देखि जिल्लामा गठबन्धन एक भएर लाग्ने निर्णय भएको कुरा अवगत गराउदै निर्धक्कका साथ पार्टी काममा लाग्न आग्रह गर्नु भयो । जिल्ला कमिटी उपाध्यक्ष सिद्धि प्रसाद भुसालले एमालेले विभिन्न प्रलोभन र पैसाको दम्भ देखाएको भन्दै दुई चार दिनको चुरी फुरि भएको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गर्नु भयो । केपि ओलिको दम्भको कारण हाम्रो पार्टीको निर्माण भएको भन्दै अब देश बनाउने काम एकीकृत समाजवादि को भएको बताउनु भयो । त्यस्तै जिल्ला कमिटी सचिब युवराज पौडेलले हाम्रो पार्टी जिल्लामा नमुनाको रुपमा स्थापना भएको हुदा अब स्थानीय तहको निवार्चन हाम्रो पनि उम्मेदवारि टुंगो लगाउनु पर्ने हुदा अब जिल्लाको ६१ वडाहरुमा पार्टी निर्माणमा लागि परेको बताउनु भयो। त्यस्तै जिल्ला कमिटी उपसचीव हृदय कुमार भुसालले यहि फल्गुण १२ गते देखि गठबन्धनको कार्यक्रम भएको हुदा सदस्य बितरण तिब्रता संगै ब्याक्ती बादी पार्टीको स्व्यच्छ्चारी बिचारलाई भण्डाफोर गर्दै अगाडि बडन निर्देशन दिनु भयो । हाम्रो पार्टीले अबको निर्वाचन देशै भर निकै ठूलो सफलता हात पर्ने भन्दै पार्टीका सम्पुर्ण कमरेडहरु लाई निरास नभइ संगठन निमार्णको अभियान लाग्न अपिल गर्नु भयो ।

कार्यक्रम पालिका कमिटी अध्यक्ष डेम बहादुर नेपालिको अध्यक्षता , उपाध्यक्ष दिपक ज्ञवालिको स्वागत मन्तब्य र सचिब नारायण घिमिरेको संचालनमा सप्पन्न भएको थियो । बैठकले सदस्यता बिस्तार , संगठन निर्माण , पालिका कार्यालय स्थापना तथा दोस्रो बिस्तारित बैठक बस्ने लगायतका विषयमा निर्णय भएको छ ।
बैठकमा ८ वटा वडाका अध्यक्षहरुले आआफ्नो वडाको आबस्थाको बारेमा रिपोर्टिङ पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (55%)
  • दुःखी (10%)
  • अचम्मित (5%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (5%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै