सितगंगामा नेकपा (एस) सचीवालयको बैठक सम्पन्न

Workplace

हृदय भुसाल अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी) सितगगा नगर कमिटीको सचिवालय बैठक ठाडामा सम्पन्न भएको छ । बैठकले सगठन बिस्तार,सदस्यता वितरण, वार्ड कमिटी नियमित बैठक बस्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको नगर इन्चार्ज नारायण शर्माले बताए ।

Workplace

बैठक लाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादिका केन्द्रिय सदस्य पिताम्बर सारुले पार्टी संगठन निर्माणमा एकताबद्व भयर लाग्नुपर्ने बताए । केन्द्रिय सदस्य सारुले नेकपा एमाले अहिले गाउँ गाउँमा भ्रम फैलाउदै हिडेकोले प्रतिबाद गर्दै प्रतीगामी शक्तिहरुलाई परास्त गर्नु पर्ने बताएका थिए । नयाँ योजना,उत्साहका साथ उर्जा बोकेर पार्टीको काममा लागी बिजय हासिल गर्न लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । बैठकका प्रमुख अथिती समेत रहेका सारुले स्थानिय चुनावमा अर्घाखाँची जिल्लामा गठबन्दन हुने घोषणा भएको हुदा बिजय निश्चित भएकोले अब एकताबद्व भयर काममा लाग्नु पर्ने बताए ।

बैठकमा जिल्ला कमिटी सचिव युबराज पौडेल, उपसचीव हृदय कुमार भुसाल सितगंगा नगर इन्चार्ज नारायण शर्मा लगाएले प्रशिक्षणमुलक मन्तब्य राखेको सचीव बिक्रम आचार्यले जानकारी दिए । बैठक नगर कमिटी अध्यक्ष नारायण बेल्वासेको अध्यक्षता सचीव नारायण शर्माको संचालनमा सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (58%)
  • दुःखी (8%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै