सुपादेउरालीलाई पर्यटकको आकर्षणको केन्द्र बनाउछौः अध्यक्ष केसी

Workplace

१ चैत , अनिल नेपाली अर्घाखाँची । लामो सयमसम्म कोरोनाका कारणले बन्द रहेको प्रसिद्ध धार्मिक स्थल सुपा देउरालीमा धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । विगत वर्षमा कोरोनाका कारणले दर्शनार्थी आउन नसकेता पनि कोरोनको कहर सकिएगै मन्दिरमा अहिले उल्लेखनीय रुपमा दैनिक एक हजारदेखि दुई हजार दर्शनार्थी आउने गरेका मन्दिर संरक्षण समितिका नब निर्वाचित अध्यक्ष फर्स बहादुर केसीले जानकारी दिए अध्यक्ष केसीले माघ महिनाबाट जिम्मेबारी सम्मालेका हुन् । पद भन्दा काममा बढी मान्यता र विश्वास राख्ने केसीले मन्दिरको व्यबस्थापनको लागि दिनरात नभनी खटीरहेका छन् मन्दिर व्यबस्थापनको साथसाथै मन्दिर बरपर जगलमा रहेको राष्ट्रिय फुल लाँलीगुरासको बिक्री वितरणमा समेत रोक लगाएका छन् सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा पर्ने सुपा देउराली मन्दिरमा अहिले भेटिबाट उठेको रकमबाट विभिन्न विकास निर्माणका काम भइरहेका छन् । मन्दिरमा दर्शनाथीले चढाएको भेटिबाट आदर्श मावि खाँचीकोटमा ६ जना तथा शान्ति निमावि सितापुरमा चारजना शिक्षकलाई पारिश्रमिक उपलब्ध गराइँदै आएको अध्यक्ष केसीले बताए । सुपा देउरालीको मन्दिरसम्म केवुलकार र पद्मार्ग निर्माण गर्न सके यहाँ पर्यटक गतिविधि बढ्ने मन्दिर व्यबस्थापन समितिको भनाई रहेको छ । सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकाले यहाँ आन्तरिक पर्यटक आउने क्रम बढेको छ । यहाँबाट मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । यहाँ गर्मीयाममा तराईबाट गर्मी छल्न सर्वसधारण आउने गर्छन् । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रूपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाटसमेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् । यो नेपालकै प्रसिद्ध मन्दिर हो । विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको व्यबस्थापन समितिका अध्यक्ष केसीले बताए मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकम दुरुपयोग नगरी मन्दिर सञ्चालन, विद्यालय सञ्चालन, विकास निर्माण, विरामीको उपचारमा सहयोग गर्दै आएको बताएको छ

के गर्ने सकेमा मन्दिरमा दर्शनाथी बढ्छन् केसी
सुपा देउराली मन्दिर वरिपरिको वातावरणलाई व्यवस्थित गरी प्रचारप्रसारमा ध्यान दिन सकेमा । सुपा देउराली मन्दिरको शिरसम्म पुग्न सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी सुपाको पूर्वमा रहेको भैंसी मेलामा मन्दिर, पश्चिममा सिद्ध मन्दिर आउने पुल तथा साहसिक पदमार्गको निर्माण भईसकेको नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने सम्भाबना रहेको छ । सुपा देउराली पर्यटकीय गन्तव्य बनिसकेको छ । सन्धिखर्क–गोरुसिंगे सडक खण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । सुपा देउराली नजिकैको नरपानी डाँडाको मनोरम दृष्यले पर्यटकलाई लोभ्याउँछ । नरपानी डाँडा चिसो हावा र पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिम शृंखला देख्न पाइन्छ । गर्मीमा पनि चिसो हुने हुँदा तराईबाट गर्मी छल्न पर्यटक यहाँ आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ ।

सरकारले के गदिएमा पर्यटकको आकर्षण बढ्थ्यो
राज्यको पुनसंरचना सगै केन्द्रिकृत सरकार स्थानीय तहमा आएपछि जनताका विकास निर्माणका कामहरु औपचारिक रुपमा हुन थालेपछि सरकारको पर्यटन क्षेत्र प्रति ध्यान जान सकेको छैन त्यसकारणले गर्दा राज्यले पर्यटन प्रबद्र्धनको लागि विभिन्न किसिमका लगानीका श्र्रोतहरु जुटाउन सकेमा पर्यटकको आर्कषण बढ्यो राज्यले पर्यटन प्रति जनतालाई उत्तरदायि बनाउनकोे लागि अहिले आबश्कताको विषय बनेको छ ।

अब नयाँ कार्यसमितिले के गरेर काम गर्छ
सुपा देउराली नेपालकै प्रचलित मन्दिर यहाँ टाढा टाढाबाट भक्तजनहरु आउने गर्दछन् लुम्बिनी आएका पर्यटकलाई अर्घाखाँचीको सुपादेउराली ल्याउन सकेमा राम्रो हुन्थ्यो त्यसका लागि हामीले पहल कदमी प्रचारको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै