नेपाली कांग्रेसको गाउँ जाउ कांग्रेसलाई जिताउ अभियान सुरु

Workplace

अर्घाखाँची । गाउटोल जाउ काङ्ग्रेस लाई जिताउ भन्ने मुल नारा सहित नेपाली काङ्ग्रेस को अभियान देश ब्यापि रुपमा सुरु भएको छ भने सो अभियान नेपाली काङ्ग्रेस अर्घाखाँची को आयोजनामा छत्रदेवको रासिप बाट सुरु गरिएको काङ्ग्रेस अर्घाखाँची ले घोषणा गरेको छ । कार्यक्रम को सुभारम्भ गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य शान्ति परियारले पार्टी एकढिक्का हुने गरि काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

Workplace

कम्युनिष्टका नेताहरुले जनतामाझ भ्रमको खेति गरिरहेको आरोप लगाउँदै केन्द्रीय सदस्य परियारले जनताले भोट दिई १५ वर्षसम्म केन्द्रमा पठाए पनि उनीहरुको सम्मान गर्न कम्युनिष्ट नेताले नसकेको बताउनुभयो । संसदबाट पारित भईसकेको एमसिसिको नेकपा एमालले विरोध गर्दै जनतालाई झुक्काएर भोट माग्ने रणनीति बनाएको उहाँले आरोप लगाउनुभयो ।

काँग्रेस नेता तथा पुर्व राज्यमन्त्रि रेवति प्रसाद भुसालले तरुण युवाहरु एकजुट नभएसम्म काँग्रेसलाई बलियो बनाउन नसकिने बताउनुभयो । उहाँले देश पविर्तनका निम्ति जति पनि आन्दोलन भए त्यसको नेतृत्व तरुण युवाहरुले गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका नेता राम बहादुर बिसिले युवाहरुको सम्मान गर्न सकेमात्र काँग्रेसलाई हरेक निर्वाचनमा विजयी बनाउन सकिने बताउनुभयो । नेता बिसिले आगामी स्थानीय तहदेखि प्रदेश र संघको निर्वाचनमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस का लुम्बिनी प्रदेस सहमहामन्त्री बिस्नु प्रसाद खनाल मुस्कान ले काङ्ग्रेस पार्टि जन्ताको सारथि भएको बताउदै काङ्ग्रेस प्रति जन्ताको आकर्षण बढेर गरेको बताउनु भयो यस्तै काँग्रेस अर्घाखाँची सभापति केशव श्रेष्ठले नेपालमा लोकतन्त्र प्राप्तिका निम्ति युवाहरुले बलिदान दिएको स्मरण गर्दै आगामी निर्वाचनमा काँग्रेसका हरेक उम्मेदवारलाई जिताउन लागि तरुण युवा उत्साहका साथ लागेको देख्दा खुसी लागेको बताउनुभयो । १५÷१५ वर्षसम्म जनताले भोट दिएर जिताएर पठाएका कम्युनिष्टका सांसदले केही गर्न नसकेको बताउँदै सभापति श्रेष्ठले जनतालाई ढाट्न पाउने अधिकार उनीहरुलाई नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस अर्घाखाँची का पुर्व पार्टि सभापति कमल प्रसाद भुसाल काँग्रेस लुम्बिनि प्रदेश सदस्य शान्ता भन्डारि रोमलाल खनाल, ,बिस्नु सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा काँग्रेस उपसभापति बिस्नु भुसाल बावुराम पौडेल, जिल्ला सचिब अच्युत गौतम कोषाध्यक्ष बिष्णु क्षेत्री, सहसचिव कमल पौडेल मेघराज पान्डे महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल पिताम्वर खनाल पुर्व जिल्ला सचिब लोकेन्द्र बिक पुर्व कोषाध्यक्ष कृस्न ज्ञवाली जिल्ला सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख सुर्य प्रसाद भुसाल जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ यमराज पान्डे हरि खनाल कमला भुसाल , प्रदेश क का सभापति राजेस पन्थि पालिका सभापति बालकृष्ण पोख्रेल काङ्ग्रेस केरुङगा का नेता सन्जय पान्डे नेविसघका अध्यक्ष भरतमणि भट्टराई डाक्टर डेबिट बस्याल बाबुराम चुदालि जयस बिसि लगाएत काङ्ग्रेस नेता काङ्ग्रेस का दर्जनौ नेता कार्यकर्ता वार्ड सभापति लगाएत क्षेत्रीय प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । काङ्ग्रेस ले अर्घाखाँची का ६१ वार्ड मा जिल्ला प्रतिनिधि खटाएको छ अब प्रतिनिधि हरु गाउटोलमा पुग्ने छन ।

कार्यक्रम काङ्ग्रेस अर्घाखाँची का सभापति केसब श्रेष्ठको सभापतित्व जिल्ला उपसभापति बाबुराम पौडेलको स्वागत मन्तब्य जिल्ला सचिब कृस्न प्रसाद खनालको सन्चालनमा सम्पन्न भएको काङ्ग्रेस प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारि दिनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै