नेकपा (एस) सन्धिखर्क ६ को विस्तारित बैठक सम्पन्न

Workplace

अर्घाखाँची । नेकपा ( एकीकृत समाजवादी ) सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ६ नरपानीको विस्तारित वार्ड कमिटीको बैठक विभिन्न महत्त्वपूर्ण निर्णयहरुका साथ सम्पन्न भएको छ ।

Workplace

बैठकमा प्रमुख अतिथि नेकपा ( एकीकृत समाजवादी ) अर्घाखाँचीका जिल्ला अध्यक्ष एवम् प्रदेश सचिवालय सदस्य राम बहादुर चौहानले आसन्न निर्वाचनहरुमा बर्तमान संविधान र व्यवस्थाको रक्षक पार्टी नेकपा ( एकीकृत समाजवादी ) लाई बहुमतकासाथ विजय गराउन नेपाली जनताहरु व्यग्र प्रतीक्षामा रहेको बताएका छन् । उनले कम्युनिष्ट पार्टीको नाममा भोजभतेर लगाएर कुम्भमेला आयोजना गर्ने र पार्टी प्रवेशको झ्याली पिट्ने नक्कली माललाई जनताले राम्ररी चिनिसकेकाले भोजपनि खाने र दाम दिए खल्तीमा पनि हाल्ने तर भोट चाहि कलममा हाल्ने र मतपेटिका खोल्दा कलमै कलम भेटिने दाबी गरे । कसैलाई हराउन यत्रो मिहिनेत गर्न नपर्ने कुरा उल्लेख गर्दै अध्यक्ष चौहानले एकीकृत समाजवादीको विजयलाई सुनिश्चित गराउन बढी मिहिनेत गर्नुपरेको उल्लेख गरे । अब पनि २०७५ सालमा विघटन भैसकेको एमालेका पछि लाग्नु भनेको पश्चगमनलाई मलजल पुग्ने भएकोले आफुहरु बैज्ञानिक समाजवादको सच्चा पहरेदारको रुपमा रहेको नेकपा ( एकीकृत समाजवादी ) को पक्षमा दृढतापूर्वक उभिएको अध्यक्ष चौहानले ठोकुवा गरे ।

वार्ड कमिटीका अध्यक्ष बिमला बि . क . को अध्यक्षता , उपाध्यक्ष भिम बहादुर बि. क . को स्वागत मन्तव्य र सचिब रिता बि . क . को संचालनमा सप्पन्न बैठकलाई पार्टी प्रदेश कमिटीका सदस्य राजकुमार बि . क. , जिल्ला कमिटीका उपाध्यक्ष सिद्धी प्रसाद भुसाल लगायतका बक्ताहरुले समेत महत्त्वपूर्ण भनाईहरु राखेका थिए । बैठकले संगठन निर्माण र बिस्तार सम्बन्धि विभिन्न महत्त्वपूर्ण कार्ययोजनाहरु समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै