प्रगतिशिल लेखक संघ अर्घाखाँचीको तेस्रो अधिबेशन सम्पन्न

Workplace

२६ फागुन, हृदय भुसाल अर्घाखाँची । प्रगतीशिल लेखक संघ नेपाल अर्घाखाँचीको नयाँ नेतृत्व चय गर्दे तेस्रो अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।

Workplace

लेखक संघको अधिबेशन उद्घाटन गर्दे राष्ट्रिय परिषद सदस्य बिजुला रायमाझीले सिँगो समाजलाई प्रगतीशिल बाटोमा अगाडी बढाउने लेखक संघको महत्वपुर्ण भुमिका हुने बताईन् । प्रमुख अतिथी समेत रहनु भएको रायमाझीेले कलमको माध्यमबाट समाजको अग्रगामी रुपान्तरणका लागी प्रगतीशिल बिचारका लेखकहरु एकताबद्ध भयर अगाडी बढनुपर्ने बताईन् ।समाजका सबैखालका बिकृती बिसंगतीहरुलाई प्रगतीशिल लेखन मार्फत अन्त्य गर्नका लागी लाग्नुपर्ने भन्दै रायमाझीले ःश्रमजिबी सर्वहाराहरुको पक्षमा महत्वका साथ कलम चलाउनुपर्ने आबश्यकता रहेको बताईन् ।

कार्यक्रमका बिशेष अतिथी एबम सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिकले राजनैतिक परिबर्तन तथा सामाजिक रुपान्तरणमा प्रगतीशील लेखनको महत्वपुर्ण भुमिका रहेको भन्दै बिचार र दर्शन,कार्यक्रम अनुसार कम्युनिष्टहरुको गतिबिधीलाई समेत सहि बाटोमा हिडाउन लेखकले संघ बिचार प्रबाह गर्नुपर्ने बताए । उपप्रमुख बिकले जिबन,जगत र दर्शनलाई ब्यवहार संग जोड्दै सामाजिक न्याए समानताको लागी सशतm तवरले चलम चलाउन सबै प्रगतीशिल लेखकहरुलाई आग्रह गर्दै आफुले प्रगतीशिल लेखक संघका सवै काम र कृयाकलापहरुमा पुर्ण रुपमा साथ सहयोग हुने बताए ।

कार्यक्रममा प्रगतीशिल लेखक संघका प्रदेश सदस्य बुद्धि गैरे, प्रगतीशिल लेखक तथा पाणिनी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्री,लेखक तथा निबृत्त राष्ट्र सेबक कर्मचारीका जिल्ला अध्यक्ष बिष्णु प्रसाद भुसाल,लेखक तथा साहित्यकार शिला पोख्रेल, प्रगतिशिल लेखक, कुलचन्द मरासिनी,लिला ढुंगाना लगायत शुभकामना ब्यतm गर्दे प्रगतीशिल लेखकको महत्व दिनानु दिन बढ्दै गएको भन्दै सबै प्रगतीशिल लेखकहरु अझ कृयाशिलताका साथ लाग्नुपर्ने बताए ।

प्रगतीशिल लेखक संघको तेस्रो जिल्ला अधिबेशनले कमल घिमिरेको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यकार्यसमिती गठन गरेको छ । जसको उपाध्यक्षमा बिजुला रायमाझी,सचिब भेष बहादुर क्षेत्री,सहसचिब हृदय कुमार भुसाल,कोषाध्यक्ष जिबनारायण खनाल,सदस्यहरुमा भिमलाल आचार्य कमल घिमिरे,माधबा भुसाल, कृष्ण प्रसाद भुसाल,सबिता आचार्य, इश्वरा पराजुली, माया ज्ञावली,कुसुमा अधिकारी,मिना पन्थी,कमला गैरे भुसाल रहेको कार्य समिती निर्वाचित भएको निर्वाचन समितीका संयोजक ज्ञान बहादुर क्षेत्रीले बताए ।

कार्यक्रम प्रगतीशिल लेखक संघका जिल्ला अध्यक्ष कमल घिमिरेको अध्यक्ष सहसचिब हृदय कुमार भुसालको स्वागत मनतब्य र सचिब भेष बहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै