सन्धीखर्क नगरले मनायो महिला दिवस

Workplace

२४ फागुन, हृदय भुसाल अर्घाखाँची । सामाजिक न्याए,लैँगिक संमानता दिगो बिकासको सुनिश्चिता भन्ने मुल नाराको साथ सन्धिखर्क नगरपालिकाले ११२ औ अन्तराष्ट्रिय महिला श्रमिक दिबशको अवसरमा लोकगित प्रतियोगीता,महिला उद्धमी संम्मान संगै बिबिध कार्यक्रम सन्धिखर्कमा सम्पन्न गरेको छ ।

Workplace

कार्यक्रमको उद्घाटन गर्दे सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले महिलाहरु प्राकृतीक हिसाबले कमजोर भए पनि अधिकार र कानुनले बलियो बनाएको भन्दै सामाजिक न्याए,समानता र राजनैतिक परिबर्तनको आन्दोलनमा महिलाको भुमिका महत्वपुर्ण भएको बताए ।

कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख भुसालले नगरपालिकाले सामाजिक संमानता कायम गर्ने उदेश्यका साथ पहिलो सन्तान छोरी जन्माउने आमालाई पोत्साहन स्वरुप नगद ३ हजार दिएको भन्दै अव महिला भनेर कमजोर होईन,दृढ बिश्वास,उच्च मनोबलका साथ अगाडी बढ्नुपर्ने बताए ।

नगरपालिकाले महिला श्रमिक तथा महिला उद्धमीहरुको संमान तथा प्रोत्साहका बिभिन्न कार्यक्रम अगाडी बढाएको हुदा अब महिलाहरु उत्पादनमा जोडिदै आर्थिक रुपमा पनि सबल हुनुपर्ने नगरप्रमुख भुसालले बताए ।

कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, नगर कार्यपालिका सदस्य श्रृजना बिक वाड अध्यक्ष नारायण खड्का,महिला संघका जिल्ला उपाध्यक्ष जानका बन्जाडे,एकिकृत अनेमंघका केन्दिय सदस्य,सुनिता बेल्वासे, अनेमंसघ क्रान्तिकारीका केन्दिय सदस्य कमला भण्डारी भुसाल,महिला नगर संजाल समन्वय समितीका समितीका राधा नेपाली, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, सबै उद्धमी संम्मानित हरुको तर्फबाट रुकमिणी पराजुली लगाएका बतmाहरुले सुभकामना मनतब्य राख्दै महिला अधिकारको सुनिश्चिताका लागी सबै सरोकारवालहरुले बिशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा समुहगत महिला संमता सम्बन्धी लोकगित प्रतियोगिता भएको थियो।उतm प्रतियोगितामा लालीगुँरास महिला समुह प्रथम,गिता शाहको समुह द्धितिय सुमित्रा बिक सुनार,तृतीय रिता मरासिनीको समुह सान्तवना भएको थियो सवैलाई बिजयी प्रतियोगीलाई खादा ,प्रमाण पत्र तथा नगद सहित सम्मान गरिएको थियो ।

श्रमिक दिबशको अबसरमा ६ जना महिला उद्धमीहरुलाई सम्मान गरिएको थियो । यसोदा किराना पसलका हिमाली तयारी चाउचाउँका रमा केसी, मञ्जु केसी रुकमिण पराजुली सहितका उद्धमी समानित भएका हुन् ।

कार्यक्रममा नगरसभा सदस्य सुमित्रा मुखिया,हिमकला टमटा,नेपाल बार एसोसियनका पबित्रा भट्टराई बिभिन्न महिला संघ संगठनका महिला नेतृ,पत्रकार लगाएको आथित्यता रहेको थियो । कार्यक्रममा महिला अधिकारकर्मि तथा अधिबतmा पबित्रा भट्टराईले महिला सबाल तथा दिवशको सन्दर्भमा कार्यपत्र पेश गरेकी थिईन् ।

कार्यक्रममा नगरकार्यपालिका सदस्य यमकला श्रेत्रीको अध्यक्षता महिला तथा बालबालिका तथा जेष्ठ नगारिक शाखाका प्रमुख बेलकुमारी परियारको स्वागत मनतब्य, महिला शाखाका तुल्सा श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै