सत्ताधारी राजनितिक दलका नेता पार्टी प्रबेश गराउनमा व्यस्त, विदोही राजनितिक दल उत्पादनमा केन्द्रित

Workplace

२३ फागुन, अनिल नेपाली अर्घाखाँची । सत्ताधारी राजनितिक दलका नेता कार्यकर्ता लगायतका अन्य राजनितिक दल चुनाबमा केन्द्रित भएर गाँउमा रहेका सोझा साझा जनतालाई विभिन्न आशस्व दिएर पार्टी प्रबेश गराईदा विगत लामो समय देखि संसदीय व्यबस्थाको विरोध गदै आएको विप्लब नेतृत्वको नेपाल कम्युनस्टि पार्टी अघांखाँचीले अर्घाखाँचीमा पार्टीको निति अनुसार सामूहकि श्रम गरी अदुवा खेतीको उत्पादन सुरु गरेपछि जिल्लामा तरग छाएको छ ।

जिल्लाको सितगगा नगरपालिका को चाक्लामा नेकपाले अदुवा खेती को सुरू गरेको छ जसमा जिल्ला नेता तथा कार्यकर्ताहरुले खटिएका छन् । पार्टीको केन्द्रीय उत्पादन नीती अन्तर्गत अघांखाँचीमा नेकपाले अदुवा खेती गरेको हो । पार्टीका जिल्ला नेता, सितगगा नगर कमिटी र स्थानीय जनताको सामूहकि श्रमबाट अदुवा उत्पादन सुरू गरेकोे हो । नेकपाले सिनपामा १० रोपनी बारीमा ७ क्वीन्टल अदुवा खेती उत्पादन सुरु गरेको हो । अझ प्रतकिूल मौसम र प्रकोपका भएमा पर्याप्त अदुवा लगाउन सहज हुने जिल्ला सेक्रेटरी माहुरीले बताउनुभयो ।

उहाँले पार्टी नेतादेखी कार्यकर्तालाई अनिवार्य सामूहकि श्रममा जोड्न जिल्लामा उत्पादनलाई जोड दिइएको बताउदै सामूहकि श्रम कम्युनस्टि पार्टीको विश्वदृष्टकिोणसति जोडिएको बताउनुभयो । जिल्ला सेक्रेटरी माहुरीको नेतृत्वमा अदुवा लगाउने सामूहकि श्रममा नेकपा अर्घाखाँचीका, जिल्ला नेता, जबस मोर्चा सम्बद्ध नेता कार्यकर्ता, र स्थानीय पार्टी सदस्यहरुको सहभागतिा रहेको थियो । जिल्लामा उत्पादनलाई थप विस्तार र व्यबस्थित गरिने नेकपा जिल्ला समितिले जनाएको छ ।

नेकपाले पूर्णकालीन नेता कार्यकर्तालाई देशैभर राजनीतकि वैचारिक कामका साथसाथै सामूहकि श्रममार्फत् उत्पादनमा अनिवार्य जोड्ने नीती तय गरेको छ नेता हरु राम्रो खाने राम्रा गाडी चढ्ने प्रविधि नेपालमा रहेको छ तर पनि आफुलाई धुलो धुबा सँग खेलाएर जीवनमा गाउ र शहरको बीचमा पहिचान गराउन पाउदा आफुमा छुट्टै खुसी छाएको सेक्रेटरी माहुरी बताउछन् । बास्तविक किसानले अहिले अनुदान पाउन नसकेको बताउदै अनुदान दिने कार्यालयले बास्तविक किसानको पहिचान गरेर दिन सकेमा कषिमा मानिस उत्प्ररित भई विदेश जानबाट रोकिने बताउदै सरकारले समय समयमा ल्याउने नाम मात्रका कृषि कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्य कार्यक्रम ल्याए पनि बास्तिक किसानमा नपरेको बताउदै त्यसका लाई सरकारले बर्गीकरण गनुपर्ने बताए ।

संसदीय व्यबस्थाले सत्ता बाहिर रहदा नेतालाई क्रान्तिकारी पन सिकाएपनि सत्ता भित्र गईसकेपछि क्रान्तिकारी पन हराएको बताउदै राजनितिक दलका नेता कार्यकर्तालाई उत्पादन सँग जोड्नको लागि आफुले अभियानको थालनी गरेको बताउदै यसमा जिल्लामा रहेका सबै राजनितिक दल यसमा क्रियाशिल हुने समेत जिकिर गरे । अन्य पार्टीका युबाहरु कुलत ,बेस्यबृति लगायतका काममा लाग्दा समाजलाई नराम्रो तर्फ प्ररित गर्दा आफ्नो पार्टीले निति सिद्धान्तले प्रभावित पारेको युबा सगठन नेपालका उपाध्यक्ष सुनिल नेपालीले बताए ।

कम्युनिस्ट जनताको विचमा सर्बहाराको कुरा गरेपनि बास्तविक सर्बहारा जनताको कुरा नगरे बताउदै बास्तविक सर्बहारा जनताका पक्षमा कुरा नगरेको बताउदै आफुहरु बास्तविक सर्बहारा जनताको पक्षमा आफ्नो पार्टीले लिएको नितिले आफु प्रभावित भएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै