एमाले चुनाबमा महागठबन्धन सँग एक्लै लड्न तयार छः रायमाझी

Workplace

२३ फागुन, अनिल नेपाली अर्घाखाँची । नेकपा एमालेका केन्द्रिय सचिब टोपबहादुर रायमाझीले निर्वाचनमा नेकपा एमाले सँग एक्लै भिड्न सक्ने सामर्थ्य कुनै राजनितिक दलमा नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गदै नेता रायमाझीले यस्तो बताउनुभएको हो ।

रायमाझीले नेकपा एमाले प्रति जनताले देखाएको अपार माया ,बलियो संगठन र अनुशाशित कार्यकर्ता त्यसको प्रमाण भएको बताउदै एमाले परिष्कृत नयाँ विकसित रुप अनुसार एमाले भएको बताउनुभएको छ । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर प्रचण्ड ,माधव समुह कांग्रेसको शरणमा गएको भन्दै उहाँले परमादेश बाट निर्मित देउवा नेतृत्वको सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसकेकोे जिकिर गदै नेता रायमाझीले वर्तमान सरकार स्वार्थ समुहको झुन्ड भएको आरोप समेत लगाउनुभयो ।

नेता रायमाझीले केपी शर्मा ओली नेतृत्वको सरकारमा इतिहासमा सबैभन्दा बढी विकास निर्माणका काम भएको बताउदै ति विकास निर्माणका कामलाई बर्तमान सरकारले निरन्तरता नदिएर देशलाई पछाडि पारेको बताउदै आफु जिल्लाको विकास निर्माणमा सरकारमा रहदा बा नरहदा खटिरहेको बताउदै विकास निर्माण समृद्धिलाई आफुले पहिलो प्राथमिकताका साथ काम गरेको बताउदै जिल्लामा सालझण्डी ढोरपाटन सडक खण्ड एयरपोर्ट लगायतका कामले छिटो भन्दा छिटो सम्पन्न हुने बताए एक फरक प्रसगमा नेता रायमाझीले बर्तमान सरकारले चुनाब गराएमा नेकपा एमाले एक्लै भिड्न तयार रहेको बताउदै एमसिसि व्याख्यातत्मक भनेपछि त्यसको कुनै अर्थ नरहेको बताउदै सत्ताधारी राजनितिक दलका नेता कार्यकर्ताले एमसिसि बारे जनतामा विभिन्न थरीका कुरा समेत गरेको बताए ।

रायमाझीले सभामुख राजनितिक दल भन्दा माथि उठेर जनताको पक्षमा काम गनुपर्ने सभामुख पार्टीको नितिमा अल्झनु मुलुकको लागि दुर्भाग्य भएको बताए सभाभुख १४ जना सभासद लाई कार्यबाही नगरेसम्म ससद अगाडि बढ्न नसक्ने बताउदै जनताको जनप्रतिनिधि सत्तालाई बर्तमान सरकारले चलाउन नसकनु मुलुकको लागि दुर्भाग्य भएको बताउदै जिल्लामा उनले ५० वडा ६ वडा स्थानीय सरकार प्रदेश सभासद प्रतिनिधि सभासद समेत आफ्नो जित्ने बताउनुभएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा सह ईन्चार्ज चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा सबैदल मिलेर चुनाव लडें पनि नेकपा एमालेलाई जित्न नसक्ने भन्दै उच्च मनोबलका साथ आफुहरु लागि परेको बताउदै आचार्यले वैदेशिक शक्ति केन्द्रको ईसारामा निर्मित परमादेश वाला सरकार मुलुकको लागि बोझ भएको भन्दै बर्तमान सरकारले जिल्लामा निर्माणधीन विभिन्न बहुबर्षे विकास निर्माणका कामका बजेट काटेर अन्धो बनाएको बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का उज्जवल ,प्रदेश सचिबालय सदस्य रामजी घिमिरे नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल उपाध्यक्ष ईश्वरा पोख्रेल उपसचिब शम्भु प्रसाद पोख्रेल नगर अध्यक्ष श्रीकृष्ण भुसाल नगर ईन्चार्ज युबराज श्रेष्ठ लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ छापेलीको अध्यक्षता सदस्य सिदार्थ केसीको सञ्चालन उपाध्यक्ष करिस्मा खनालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै