४ बैशाख २०८१, मङ्लबार
४ बैशाख २०८१, मङ्लबार

सन्धिखर्क ७ खाँचीकोटमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन

Workplace

अर्घाखाँची । अर्घाखाँँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटामा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । आइतबार कृष्ण बहादुर नेपालीको अध्यक्षतामा ५१ सदस्य सहितको वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी अर्घाखाँचीले जनाएको छ ।

वडा भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले नेकपा एकीकृत समाजवादीमा जनलहर बढिरहेको बताउदै आगामी निर्वाचनमा अर्घाखाँचीबाट बहुमतका साथ विजय हुने दाबी गरे । उनले सम्पुर्ण जनताको सपना नेकपा एसले मात्र साकार पार्ने बताउदै नेकपा एकीकृत समाजवादीले सधै जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए । यस्तै उनले गठबन्धनको सरकारले जनताको पक्षमा काम गरिरहेको र आगामी चुनावमा पनि गठबन्धनको सरकार मिलेर चुनावमा जाने जानकारी दिए ।

यस्तै जिल्ला कमिटी उपाध्यक्ष सिद्धि प्रसाद भुसालले एमाले र अन्य पार्टीका कार्यशैलीका कारण इमान्दार नेता कार्यकर्ता समाजवादीमा सम्मानित हुन थालेको बताए । समाजवादीले जिल्लामा निरन्तर पार्टी निमार्ण गरिरहेको भनाई छ । आउदै गरेको स्थानिय तहको चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

वडा भेलामा नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष सिद्धि प्रसाद भुसाल लगायतका नेताहरुको उपस्थिती रहेको थियो । भेला कृष्ण बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै