
अनिल नेपाली अर्घाखाँची । बिगत लामाे समयदेखि निजामती क्षेत्रमा लागेर बिशिस्ट पहिचान बनाउन सफल हुनुभएका अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल प्रधानमन्त्रीबाट आज सम्मानित हुनु भएको छ ।
शनिबार नेपाल निजामती कर्मचारी युनियनको आठौं महधिवेशनको उद्घाटन कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन,अर्घाखाँचीका पूर्व अध्यक्ष झविन्द्र खनाललाई उत्कृष्ट तथा रचनात्मक क्रियाकलाप संचालन गरेको भन्दै सम्मान गरिएको हो ।उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका सभापति तथा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन,अर्घाखाँचीको अध्यक्ष भए पछि जिल्लामा धेरै रचनात्मक क्रियाकलाप सेवा प्रवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम, स्वागत तथा विदाई कार्यक्रम, निस्शुल्क लोकसेवा तयारी कक्षा संचालन, प्राज्ञिक पुस्तक वृत्ति प्रकाशन गर्दै देश भरीमै उत्कृष्ट कार्य संचालन भएको थियो ।उहाँ अहिले नेपाल सरकारको उपसचिवमा सिफारिस भई देशकै सबैभन्दा ठूलो नगरपालिका शितगंगाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।
२०६८ सालमा निजामतीमा प्रवेश गरेका खनाल गुल्मी जिल्लामा २०४४ सालमा बाबु वावुराम खनाल र माता यमकला खनाल काे काेखबाट जेष्ठ सुपुत्रकाे रूपमा जन्मनु भएको थियोे । ‘हुने बिरुवाको चिल्लो पात’ भने झै खनाल सानै उमेर देखि केहि गर्ने सोच पाल्थे । बिद्यालयमा पढ्दै देखि सामाजिक सेवामा लाग्नलाई उनको चेतले भनिरहेको हुन्थ्यो । यसैले होला उनले आफ्नो पढाइको बिषय समेत अथंशास्त्र र कानुन रोज्न पुग्नुभयो।उहाँले सोही बिषयमा स्नातक हासिल गरिसक्नुभएको छ।
पद भन्दा पनि आफ्नो जिम्मेवारी महत्त्वपूर्ण सम्झने खनाल जनताको बिचमा निकै लाेक प्रिय हुनुहुन्छ । जिल्लामा बस्दा जिल्ला बिकास समिति , सालझण्डी ढाेरपाटनमा लामाे समयसम्म काम गरेर जिल्ला बासिकाे बिचमा निकै मन मुटुमा बस्न सफल हुनुभएको छ । उमेरले उहाँ त्यति धेरै पार गर्नुभएको छैन तर उहाँको परिचय भने फराकिलो बनेर झागिदै गएको छ । सानो उमेरमै सफल प्रमुख प्रसासकिय अधिकृत बनेर आफ्नो क्षमतालाई बाहिर प्रमाणित गर्नुभयो।