बैज्ञानिक समाजवाद नै अहिलेको निकास होः नेता भुसाल

Workplace

नविन रसाइली अर्घाखाँची । अहिलेकोे संसदिय व्यवस्था नै गलत रहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा जनपत्रकार संगठन द्धारा आयोजित पत्रकार संम्मेलनमा बोल्दै उनले यस्तो बताएको हुन । २००७ साल देखि अहिले सम्म पनि संसदिय व्यवस्थाले जनताको पक्षमा काम गर्न नसकेको उनले जिकिर गरे । जनताले आश गरेका मान्छेहरु पटकपटक सत्तामा पुगिसके तर जनताले निकास पाउन सकेनन् । यसको कारण नै संसदीय व्यवस्था रहेको र बैज्ञानिक समाजवाद नै अहिलेको निकास रहेको उनले बताए ।

Workplace

‘हामीले शान्तिपुर्ण ढंगबाट राष्ट्रिय राजनितिका अन्तरविरोधहरुलाई हल गरेर राष्ट्रियता जनतन्त्र र जनजीविकाको ग्यारेन्टि र सुनिश्चता गर्नेहो भने हामीले संयुक्त प्रगशिल सरकार निमार्ण गरौं र जनतालाई आफ्नो शासन संचालन गर्ने कस्तो व्यवस्था हुनुपर्छ भन्ने निर्णय गर्ने भुमिका जनतालाई दियौं र जनमत संग्रहमा जाऔं । यदि यो शान्तिपुर्णको सहजबाटो अवरुद्ध गरे जनता विद्रोहमा उत्रने छन् र त्यसकोे नेतृत्व हाम्रो पार्टीले गर्नेछ’ उनले भने ।

यस्तै उनले एमसीसी राष्ट्रघाती भएको बताएका छन् । अहिले संसदबाट व्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्नुको अर्थ नभएको समेत बताए । एमसीसीले देशमा को दलाल हो, र को राष्ट्रप्रमी हो भन्ने कुरा स्पष्ट पारेको पनि बताए । उनले अब हरेक पार्टी भित्रका देशभक्तहरु एउटै देशभक्तिपुर्ण मोर्चामा आवद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका नेताहरु, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, जिल्ला अध्यक्ष अशोक खनाल तथा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम जनपत्रकार संगठनका लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज अनिल नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै