सहिदको अपमान गर्नेलाई हत्याराको मोतियारको रुपमा चिन्नुपर्छः नेता भुसाल

Workplace

१७ फागुन, अनिल नेपाली अर्घाखाँची । सहिदलाई राज्यले सम्मान गनुपर्नेमा राज्यले सम्मान गर्न नसक्नु सहिद प्रति अपमान भएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले बताउनुभएको छ । मगलबार नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको जनक्रान्तिका महान् सहिद एब राज्यद्धारा बेपत्ता योद्धा परिबारहरुको सम्मान कार्यक्रमलाई सम्वोधन गदै नेता भुसालले यस्तो बताउनुभएको हो ।

Workplace

नेता भुसालले जनयुद्धमा सहिदको बलिदानले गर्दा आज आरुखोलामा पठाउने प्रचण्ड नेपालको प्रधानमन्त्री र रोल्पामा सामान्य स्कुलमा पठाउने कृष्ण बहादुर महरा सभामुख गोर्खामा सामान्य परिबारमा जन्मिएका विदान् भनी चिनिने बाबुराम भट्टाराई मुलुकको प्रधानमन्त्री अर्घाखाँचीको अर्घामा जन्मिएका टोपबहादुर रायमाझी सहिदहरुको बलिदानीले उप्रप्रधानमन्त्री भए पनि सहिदको स पनि लिन नसक्नु सहिद प्रतिको अपमान भएको बताउदै सहिद परिबारले अब यि नेतालाई हत्याराको मोतियारको रुपमा चिन्नुपर्ने बताउदै आफ्नो पार्टी र आफु एक मुठी शास रहेसम्म सहिदको सपना साकार पार्नको लागि निरन्तर रुपमा लाग्ने बताउदै मुलुकमा २००७ सालदेखि भएका आन्दोलनमा सहिदहरुको उच्च योगदान रहेको बताए ।

भुसालले सहिदको सपनालाई साकार पार्न सहिद प्रतिको योगदानलाई उच्च कदर गदै सहिद सङग्रलायको आफ्नो पार्टीले कपिलबस्तुमा स्थापना गरेको बताउदै सहिद सङग्रलायमा ८५०० जना सहिद स्मृति रहने बताउदै विचारबाट विचलित भएका नेताहरुको कारणले गर्दा सहिदको अपमान भएको बताए । सहिद घाइते को रगतले गर्दा राज्यका उच्च तहमा नेता पुगे पनि सहिद परिबार र घाइते परिबार अहिले पनि तडडपि मरनुपर्ने तर रोल्पाको मास्टर आज बर्षमान पुन चिनमा गएर उपचार गनुपर्ने बताउदै विचार सिद्धान्तबाट विचलित भएर एमाले र काग्रेससँग मिलेर भागबन्डा गरेर मन्त्री खाने तर सहिद परिबार घाइते परिबारको लागि अस्पताल समेत बनाउन नसक्नु दुखको कुरा भएको बताए ।

एक फरक प्रसगमा कुराकानी गदै नेता भुसालले अब नेताहरुको सम्पति छानविन हुने बताउदै जनयुद्धमा नलाग्दा सम्पति कति थियो त्यसपछि त्यो सम्पति कहाँ बाट आयो भनी कुराको पुष्टिाई गर्न नसकेको खण्डमा जनताले विचमै भ्रष्टाचारीलाई कार्यबाही गर्ने बताए एमसिसि नेपाल र नेपाली जनताको भाबना विपरीत नेपालको सविधान भन्दा माथि गराउने गरी बर्तमान सरकारले अमेरिकी सरकारलाई पाबरफुल बनाउने गरि संसदबाट पास गर्नु मुलुकको लागि दुर्भाग्य भएको बताउदै यसका विरुदमा राष्ट्रप्रेमी देशभक्त परिबर्तनप्रेमी नेपाली जनताले सघर्ष गनुपर्ने बताए । जनताको शान्तिपुर्ण आन्दोलनलाई दमन गरे त्यसको प्रतिकार आफुहरुले गर्ने बताउदै पहिलाको आन्दोलन गाँउ केन्द्रित भएतापनि अबको आन्दोलन गाँउ र शहर केन्द्रित हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अर्घाखाँची कपिलबस्तु इन्चार्ज पदम केसी ले जनताको आन्दोलनले जितेमा सहिदको सम्मान हुने बताउदै सहिदको सम्मानको लागि आफुहरु निरन्तर रुपमा सघर्ष गरेको बताउदै काठमाण्डौ गइपछि प्रचण्ड बाबुराम बादलले सहिदको सपना विर्सेको ले सहिद परिबारले तिनलाई गद्धारको रुपमा धोषणा गनुपर्ने र आफ्नो पार्टीलाई सल्लाह सुझाब र मार्गदर्शन दिनुपर्ने बताए ।

कार्यक्रममा सहिद परिबारको तर्फबाट कार्यक्रममा मन्तब्य राख्दै सहिद सन्तति सिद्धि प्रसाद भुसालले सहिदको सपना साकार पार्ने गरि लड्नको लागि आग्रह गरे कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका नेता नबिन खड्काको सञ्चालन जिल्ला सदस्य चिन्तनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सहिद बेपत्ता परिबारका सन्नतिलाई प्रमाणपत्र डोसला नगद सहिद सम्मान गरिएको थियो अर्घाखाँची जिल्लामा ७६ जना सहिद २ जना बेपत्ता गरि ७८ जनाले सहाद प्राप्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै