
नविन रसाइली काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाइ व्याख्यात्मक घोषणा सहित संझौता गर्न सहमत नभएको भए जस्ताको त्यस्तै पारित हुने बताए । उनले आज नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियूको भर्चुवल बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेकपा एकीकृत समाजवादीको माग जे थियो त्यहि अनुसार अनुमोदन भएको उनले बताए ।
उनले भने ‘यदि ब्याख्यात्मक घोषणा सहित अनुमोदन नगरेको भए नेकपा एमाले र नेपाली कांंग्रेसले जस्ताको त्यस्तै अनुमोदन गर्ने थिए । हामीले नकारात्मक बुँदाको व्याख्या गरेका छौं । बिना आधार अनुमोदन गरेका छैनौं । हामीले कानुन बमोजिम अनुमोदन गरेका छौ । यसकारण कोही निरास हुन पर्दैन’ उनले भने ।
यस्तै उने अब सबै अनेरास्ववियूका नेताहरुलाई सबै जिल्ला तथा क्यापसहरुमा अनेरास्ववियूको क्यापस कमिटी निमार्ण गर्न र नजिकिदै गरेको स्थानिय तहको चुनावमा केन्द्रित हुन निर्देशन दिए ।