संसद् भवन अगाडि शङ्कास्पद वस्तु भेटियो

Workplace

काठमाण्डाैं। संसद् भवन रहेको नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु भेटिएको छ । संसद् भवनको अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ ।

Workplace

प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको छ । सेनाको बम डिस्पोजल टोली त्यहाँ पुग्दै छ ।

शङ्कास्पद वस्तु भेटिएपछि नयाँ बानेश्वरको बीच सडकमा गाडी चलाउन रोक लगाइएको छ । अहिले दायाँ र बायाँका लेनबाट मात्रै गाडी पास गराइएको प्रहरीले जनाएको छ ।

श्राेतः उज्यालाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै