
अर्घाखाँची । एमसीसी सम्झौता संसदबाट पास भएपछि ६ कम्युनिस्ट पार्टी र मोर्चाले गरेको नेपाल बन्दको प्रभाव अघांखाँचीमा विहानैदेखि परेको छ ।

बन्दका कारण बजार क्षेत्रमा प्रभाब देखिएको छ । जिल्लाका बजार, स्कूल, लामो दुरीका यातायात, बन्द रहेका छन् ।

एमसीसी राष्ट्रको अहितमा भएको भन्दै जनता आक्रोशित भएका छन् । लामो समयदेखि जनता स्वतस्फुर्त रुपमा सडकमा निस्किएर संघर्ष गरिरहेका थिए ।

बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडी, शववाहनका गाडीहरु चल्न दिने बताइएको छ । नेपाल बन्द साँझ ५ बजेसम्म रहने आयोजकले बताएको छ ।
