पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो दले

Workplace

प्युठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् । वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिए ।

Workplace

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,थापाले भने,‘एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । नेकपा प्युठानले दस बुँदे बक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ।नेकपाका जिल्ला सेक्रेटरी अजयद्धारा हस्ताक्षरीत बक्तब्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे बिकास आधारभुत बिद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद ब्यक्तिलाई संरक्षण गरेको ,उक्त बिद्यालयका शिक्षक शिक्षिकालाई अभिभाबकले सामाजिक बहिष्कार गर्दा पनि गाउपालिकाले संरक्षण गरेको ,प्रदेशबाट प्राप्त ३६ लाख बजेट प्रमुख प्रशासकिय अधिकृतले फ्रीज गरेको र अहिले ३० लाख बजेट बिनियोजन गरि स्टेटमेन्ट अनुसार काम नगरेको , सरकारले छुटटाएको बजेटमा ब्यक्तिगत तमसुक बनाएर मात्र बजेट विनियोजन गर्ने गरेका तम्सुक नगराएमा फ्रिज गर्नेधम्की दिने गरेको ,झाक्रिस्थान र वडा नं. ५ को बाटो मर्मत नहुदा यातायमा समस्या हुने गरेको , विपन्न परिवारलाई वितरण गर्ने सोलार विजुली बत्ति बल्ने घरमा वितरण गर्ने गरेको लगायतको आरोप लगाएको छ ।

त्यस्तैकोभिड १९ को खर्च जनताले मग्दा पनि सार्बजनिक नगरेको , जस्तापाता पनि कमिसनमा पक्कि घरमा दिएको लगायत जनाको फोन नउठाउने र जनतासंग जे मुखमा आयो त्यहि बोल्ने गरेको कारणले गर्दा कालो मोसो दल्न बाध्य भएको नेकपा प्यूठानले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै