
नविन रसाइली अर्घाखाँची । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । मालारानी २ कुबिन्डे निवासी स्वर्गिय भोजेन्द्र विकको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले शुक्रबार शाखा कार्यलय सन्धिखर्कमा एक ककार्यक्रमको आयेजना गरी मालारानी गाउँपालिका–२ कुबिन्डेका भोजेन्द्र विकको परिवारलाई १० लाख १९ हजार ५ सय रुपैयाँ भुक्तानी दिएको छ । उक्त रकमको चेक भोजेन्द्र विकको हकवाला आमा झुपी टोमाटोलाई हस्तान्तरण गरिएको हो ।

२०७८ असोज १० गते युनियन लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाबाट ५ लाखको साबधिक जीवन बिमा गरेका भोजेन्द्र बि.कले प्रथम बिमा शुल्क बापत जम्मा रु २५,०२४ रुपैयाँ मात्र बुझाएका थिए । २५ वर्षीय भोजेन्द्र विकको गत पौष महिनामा बुटवल बाट सब लिएर रिडितर्फ जाँदै गर्दा पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकामा भएको बस दुर्घटना परि ज्यान गएको थियो ।
मृतक भोजेन्दको परिवारलाई बिमाङ्क रकम बरावर रु ५ लाख, दुर्घटना दाबी बरावर रु ५ लाख र आन्तरिक बोनस रु १९ हजार ५ सय रुपैयाँ गरि १० लाख १९ हजार ५ सय रुपैयाँ हरुतान्तरण गरिएको शाखा प्रमुख दिनेश सुनारले बताए । प्रमुख सुनारले भने ‘म जीवन बिमा क्षेत्रमा लागेको आधा दशक भन्दा बढी भएतापनी पहिलो पल्ट बिमा दाबी हस्तान्तरण गर्दै छु, जीवन बिमा मानवको जन्म देखि मृत्यु सम्मको यात्रामा हरेक परिस्थितिको लागि आधारभूत बन्दै गएको हुँदा भोलि हुन सक्ने विविध जोखिम र सुनिश्चित बचतको लागि जीवन बिमा सबैको लाई अपरिहार्य छ’ । भोजेन्द्र आज यो धर्तिमा नरहे पनि आफ्नो बिधुवा आमालाई एउटा जीबिकोपार्जनको श्रोत बनाएर गएको भन्दै दिवङ्गत आत्मको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यताको समेत कामना गरेका थिए ।
यस्तै उनकी आमा झुपा टोमटोले चेक लिने बेलामा भनिन ‘मलाई यसरी बीमा बाट पैसा आउँछ भन्ने बिस्वास लागेको थिएन, यति छिटो यति छोटो समयमा भुक्तानी दिएकोमा युनियन लाईफ र कर्मचारी सबैको प्रगती होस र सबैले युनियन लाइफमै बिमा गरून् भनिन् ।
उनका भाइ सन्दिपले समाजमा कसैको मृत्यु हुदा एक किलो चिनी, घिउ लैजाने तर बिमाले परिवरको आर्थिक क्षति कम गर्न चेक बोकेर जाने धारणा ब्यक्त गरे । उनले भने अहिले १३ दिने दाजुभाइ भन्दा नजिकको साथी बीमा बनेको छ । यो अभियानले दुखित परिवारलाई मलम लगाउँदै हिडेको बताएका थिएँ ।
मृत्यु दाबी भुक्तानी रकम अर्घाखाँची शाखाका कर्मचारी प्रबिन खनाल, अर्घाखाँची जिल्ला कै पहिलो एमडिआरटी राम प्रसाद अधिकारी, चिरञ्जीवी सुनार, प्रेम जैसी, तारा प्रसाद घिमिरे, पत्रकार सागर परियार, नवीन रसाइली लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।