नेपाल बन्दको पुर्व सन्ध्यामा अर्घाखाँचीमा मसाल जुलुस

Workplace

अनिल नेपाली अर्घाखाँची । नेपाल बन्दको पुर्वसन्ध्यामा अर्घाखाँची जिल्लाले विभिन्न ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ । बन्दको पुर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले जिल्लाको सन्धिखर्कमा मसाल जुलुस सम्पन्न गरेको हो ।

मसाल जुलुसपछि भएको कोणसभालाई सम्बोधन गदै नेकपा जिल्ला सदस्य नवीन खड्का ‘बारूद’ ले नेपाली जनताले बैदेशिक हस्तक्षेपको प्रतिवाद गर्ने बताउँदै भोलिको बन्दमा जनताले साथ दिने बताए ।

भोलि (बुधबार) देशैभरि लामो तथा छोटो दुरिका गाडीहरू नचल्ने, शिक्षण संस्था, उद्योगधन्दा कलकारखाना पुर्ण रूपमा बन्द रहने नेकपा अर्घाखाँचीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीसहित ५ पार्टी र एक मोर्चाले सयुक्त रूपमा फागुन ४ गते नेपाल बन्दको धोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै